प्रचण्डजीले मधेससँग लभ, कांग्रेससँग लिभिङ टुगेदर र अर्कैसँग लगनगाँठो गर्नुभयो : राजकिशोर यादव

दाङ समाचार
दाङ समाचार ७ माघ २०७९, शनिबार
1 Min Read
Aa

काठमाडौं – जनता समाजवादी पार्टीका सांसद राजकिशोर यादवले ठूला दलका नेताहरूको स्वार्थका कारण देशको विकास हुन नसकेको बताएका छन्। प्रतिनिधिसभामा उपसभामुख उम्मेदवार इन्दिरा राना मगरलाई मत माग्दै सांसद् यादवले आर्थिक, सुशासनको बहस गर्नुपर्नेबेला ठूला दलका शीर्ष नेताहरूले स्वार्थपूर्ण लडाईँ लडिरहेको बताएका हुन्।

यादवले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेसमा समस्या सम्बोधन गर्न गम्भीर नभएको बताए। यादवले भने, ‘कुनै दिन सिरहाका जनताले प्रचण्डलाई जिताइदिए। प्रचण्डजी लभ मधेससँग लिभिङ टुगेदर कांग्रेससँग गर्नुभयो। अहिले लगनगाठो अर्कैसँग गाँसेर रमाइरहनुभएको छ। यसरी हामी कहीँ पुग्दैनौं।’

भ्रष्टाचार नियन्त्रणका लागि जनलोकपाल विधेयक ल्याउनुपर्ने उनको भनाइ थियो। यादवले भने, ‘किसान मल नपाएर बोर्डरमा प्रहरीको लाट्ठी खानुपर्ने अवस्था छ। तर, ठूला दलका नेताहरू जुहारी गर्दैछन्। एकले अर्कालाई होच्याइरहेका छन्। आर्थिक बहसको विषय गर्नुपर्ने बेला नाकको लडाईँ गरिरहेका छन्।’ Annapurna

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्