टेङ्गनैया बाबा धार्मिक विकास क्षेत्रको विकासका लागि कटिबद्ध छु – सांसद अनुराग खड्का

प्रिया स्मृती गजमेर
प्रिया स्मृती गजमेर १४ फाल्गुन २०७९, आईतवार
2 Min Read
Aa

दाङ – नेपाली कांग्रेसका युवा नेता, लुम्बिनी प्रदेशका सांसद अनुराग खड्काले लमही नगरपालिका-८ मा रहेको टेङ्गनैया बाबा धार्मिक विकास क्षेत्रको अवलोकन गर्नु भएको छ । धार्मिक विकास क्षेत्रका पदाधिकारी सहित त्यहाँ पुग्नु भएका सांसद खड्काले उक्त ठाउँको विकासका लागि आफुले सहयोग गर्ने बताउनु भएको छ ।

यो ठाउँ मेरै वडा भित्र पर्दछ, तर विकट छ, यो ठाउँको विकासका लागि मैले नगरे कसले गर्छ ? उहाँले भन्नु भयो । आफुलाई जनताले जनताको काम गर्नका लागि जिताएर पठाएको भन्दै सांसद खड्काले अन्य सांसद जस्ता चिल्ला गफ दिएर जनतालाई रनभुलमा नपार्ने बताउनु भयो ।

‘मेरो निर्वाचन क्षेत्रमा थुप्रै धार्मिक महत्व बोकेका शक्तिपीठ छन्, यी शक्तिपीठलाई देश तथा विदेशमा चिनिने गरि स्थानीय सरकार देखि केन्द्र सम्मको सरकारले यस्ता महत्व बोकेका शक्तिपीठ र ऐतिहासिक स्थलहरुको संरक्षण सम्बर्द्धन गर्ने दायित्व सरकारको हो र सरकारले नै गर्नु पर्छ’- यो विषयमा मैले लुम्बिनी प्रदेश सरकारको ध्यानाकर्षण गराउन चाहन्छु’- सांसद खड्काले भन्नु भयो ।

पुर्व पश्चिम राजमार्ग देखि करिव चार किलोमिटर उत्तर तर्फ चुरे पहाडको फेदमा यो ‘टेङ्गनैया बाबा’ गुफा रहेको छ । यहाँ हरेक शिवरात्री पर्वको अवशरमा मेला लाग्ने गर्दछ । यो स्थानले ऐतिहासिक धार्मिक महत्व बोकेको छ ।

टेङ्गनैया बाबा धार्मिक विकास क्षेत्रको अवलोकनमा सांसद खड्का सहित, नेपाली कांग्रेस केन्द्रीय महाधिवेशन प्रतिनिधि तारा प्रसाद नेपाली, टेङ्गनैया बाबा धार्मिक विकास क्षेत्रका अध्यक्ष दिकपाल योगी, उपाध्यक्ष पार्वती थापा, सचिव नारायण मजगैयाँ, कोषाध्यक्ष अम्री थापा, नेपाली कांग्रेस लमही नगरपालिका- ८ का वडा सभापति यादवनाथ योगी, शिवशक्ति टोल विकास समितिका अध्यक्ष चन्द्र बहादुर बुढा, सदस्य सर्मिला श्रेष्ठ, दिलिप बुढाथोकी लगायतको उपस्थिति रहेको थियो ।

प्रिया स्मृती गजमेर

प्रतिक्रिया दिनुहोस्