कांग्रेस बलियो नभए देश कम्जोर हुन्छ– नेका सहमहामन्त्री राठौर

प्रिया स्मृती गजमेर
प्रिया स्मृती गजमेर २० फाल्गुन २०७९, शनिबार
3 Min Read
Aa

दाङ – नेपाली कांग्रेसका केन्द्रीय सहमहामन्त्री किशोर सिंह राठौरले चिया पसल र चौराहमा बसेर नेताहरुलाई गालि गर्दैमा पार्टी नबन्ने बताउनु भयो । कांग्रेस बलियो भएन भने देश बलियो बन्न सक्दैन, त्यहि भएर नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरु सच्चिनु र त्यागि बन्न सक्नु पर्छ’– उहाँले भन्नु भयो ।

दाङको लमहीमा नेपाली कांग्रेस क्षेत्र नम्बर १ ले आयोजना गरेको प्रथम क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै सहमहामन्त्री राठौरले नेपाली कांग्रेस लामो इतिहास बोकेको पार्टी भएको बताउदै पार्टीको संसदीय नेताका लागि किन पुस्ता हस्तान्तरण हुँदैन भनेर केन्द्रीय कार्यसमितिमा पनि आफुले प्रश्न उठाउने गरेको बताउनु भयो ।

पार्टी भित्र धेरै कुराहरु बिग्रेर गएकोले अब त्यो बिग्रेका कुरालाई सुधारेर लैजानु पर्ने देखिएको उहाँको भनाई छ । सहमहामन्त्री राठौरले छिमेकी देश भारतमा कांग्रेस आईको नेतृत्व गतिलो नहुँदा त्यहाँ कांग्रेस कम्जोर भएको उदाहरण समेत दिनु भएको छ ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य कृष्ण किशोर घिमिरेले कांग्रेसको क्रियाशिकताप्रती सबै गम्भीर हुन जरुरी रहेको बताउनु भयो । त्यसैगरी अर्का केन्द्रीय सदस्य गेहेन्द्र गिरीले संविधानप्रती हुने घात प्रतिघात प्रती सचेत हुन कांग्रेसका कार्यकर्तालाई आग्रह गर्नु भयो ।

त्यस्तै अर्का केन्द्रीय सदस्य योगेन्द्र चौधरीले नेतृत्व लिन खोज्नेले संगठन निर्माणमा ध्यान दिनु पर्ने बताउनु भयो । राजनीतिक मन्त्री, नेता सांसद बन्नका लागि मात्र नभएर देश र जनताको मुहार फेर्नका लागि हुनु पर्ने उहाँको भनाई छ ।

नेपाली कांग्रेस गढवा गाउँपालिका –६ का वडा सभापति हुकुमराज यादव, भुमि आयोग अधिकार मंचका केन्द्रीय कार्यबाहक अध्यक्ष मेघ बहादुर विसी, मुस्लिम संघका केन्द्रीय सदस्य नवाफ अलि, जिल्ला समन्वय समिति दाङका सदस्य कुल बहादुर बुढा, लुम्बिनी प्रदेशका प्रदेश सदस्य श्यामु सुनार, नेपाली कांग्रेस नगर सभापति सन्तोष बुढाथोकी, पुर्व क्षेत्रीय सभापति बासुदेव जंगली, दाङ २ का सभापति भीमप्रकाश खड्का, महाधिवेशन प्रतिनिधि जानकीलाल बस्नेत, जिल्ला सभापति शंकर प्रसाद डाँगी, पुर्व जिल्ला सभापति मोहनलाल वली, पुर्व सांसद सुशिला चौधरी, नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सचेतक जन्मजय तिमिल्सिना लगायतका नेताहरुले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर १ को प्रथम क्षेत्रीय सम्मेलन सम्पन्न भएको छ । क्षेत्रीय सभापति भेषराज पाण्डेको अध्यक्षता तथा नेपाली काङ्ग्रेस का केन्द्रीय सहमहामन्त्री किशोर सिंह राठौरको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमको विषयवस्तुमाथी सभापति भेषराज पाण्डेले गर्नु भएको थियो । १४ औं महाधिवेशन पछि पार्टीले गरेका काम कारबाहीका बारेमा वार्षिक प्रतिवेदन क्षेत्रीय सचिब खेमराज चौधरीले प्रस्तुत गर्नु भएको थियो भने कार्यक्रमको सहजीकरण क्षेत्रीय सचिव हरिहर शर्मा घिमिरेले गर्नु भएको थियो ।

No description available.

No description available.

No description available.

No description available.

प्रिया स्मृती गजमेर

प्रतिक्रिया दिनुहोस्