काठमाडौं – बुधवार नेपाली सुनचाँदी बजारमा सुनको मूल्य घटेको छ । आज बजारमा छापावाल सुन प्रतितोला १ हजार रुपैयाँले घटेर १ लाख १ हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
मंगलवार उक्त सुन प्रतितोला ३ सय रुपैयाँले घटेर १ लाख २ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला १ लाख १ हजार रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।
त्यसैगरी, आज चाँदीको मूल्य पनि प्रतितोला ४० रुपैयाँले घटेर १ हजार २ सय २५ रुपैयाँमा कारोबार भईरहेको महासंघले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्