दाङ – विश्व मृगौला दिवसका अवशरमा लमहीमा विश्व मृगौला दिवस मनाईएको छ । यो कार्यक्रमको आयोजना रोटरी क्लब अफ लमहीले गरेको हो ।
लमहीको रातो डाँडाबाट शुरु भएको र्यालीले लमही बजार परिक्रमा गरि बहुउद्देश्यीय भवन अगाडी कोणसभामा परिणत भएको थियो ।
कार्यक्रममा लमही नगरपालिका उपप्रमुख लक्ष्मी योगीले मृगौला स्वस्थ राख्नका लागि खानपानमा विशेष ध्यान राख्नु पर्ने बताउनु भयो । मृगौलामा समस्या आउन नदिन, यो समस्याबाट बच्न समुदायमा जनचेतना गराउन आवश्यक रहेको उहाँको भनाई छ ।
त्यस्तै लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीले आफू स्वस्थ रहे मात्र समुदाय स्वस्थ राख्न सकिने भएको हुँदा आफू कसरी स्वस्थ रहन सकिन्छ त्यो बारे सोच्नु प्रमुख कुरा भएको बताउनु भयो । स्वास्थ्यको क्षेत्रमा नगरपालिकाले पनि केही महत्त्वपूर्ण निर्णय गर्ने उहाँको भनाई छ
कार्यक्रममा पत्रकार केपि घिमिरे, वडा नम्बर ५ का वडा अध्यक्ष ओम प्रसाद सुवेदी, वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक शंकर श्रेष्ठ लमही सामुदायिक डायलाइसिस सेन्टरका प्रमुख डाक्टर सवुत खान लगायतले बोल्नु भएको थियो ।
रोटरी क्लब अफ लमहीका अध्यक्ष मोहन कुमार पाण्डेको अध्यक्षता तथा लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको सहजीकरण रोटरी क्लब अफ लमहीका कोषाध्यक्ष केशव घिमिरेले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्