दाङ – वडा प्रहरी कार्यालय लमहीका प्रमुख शंकर श्रेष्ठले अपराध न्यूनीकरण गर्न, नागरिकलाई शान्ति सुरक्षाको अनुभुती दिलाउने प्रहरीको मुख्य दायित्व भएको बताउनु भयो ।
शुक्रबार कार्यालयमा आयोजित सञ्चारकर्मीहरुसंग परिचयात्मक कार्यक्रममा बोल्दै प्रहरी निरीक्षक श्रेष्ठले सो कुरा बताउनु भएको हो । उहाँले ट्राफिक व्यवस्थापनमा पनि विशेष चासो राख्ने उहाँको भनाई छ ।
प्रहरी र सञ्चारकर्मी विच नङ र मासुको सम्बन्ध हुने भएकोले सञ्चारकर्मीसंग सुचना आदानप्रदान गरेर सहयोग गर्ने पनि प्रहरी निरीक्षक श्रेष्ठले बताउनु भएको छ ।
प्रहरीमा पनि कमिकम्जोरी रहेको उल्लेख गर्दै आफू वडा प्रहरी कार्यालय लमहीमा हुँदा सम्म नियमन र नियन्त्रण गर्ने बताउनु भएको छ ।
प्रहरी प्रधान कार्यालय काठमाण्डौबाट सरुवा भएर वडा प्रहरी कार्यालय लमही आउनु भएका प्रहरी निरीक्षक श्रेष्ठले लमही क्षेत्रमा शान्ति सुरक्षा अमन चयन कायम राख्नु आफ्नो प्रमुख दायित्व भएको बताउनु भयो । कानून विपरीत कुनै पनि कार्यमा सम्झौता नगरेर अगाडी बढ्ने र यहाँका स्थानीय, सञ्चारकर्मी, व्यवसायी सबै संग समन्वय गरेर अगाडी बढ्ने उहाँको प्रतिबद्धता छ ।
त्यस्तै देउखुरी सामुदायिक सेवा केन्द्र लमहीले पनि वडा प्रहरी कार्यालय लमहीमा सरुवा भएर आउनु भएका प्रहरी प्रमुखलाई स्वागत गरेको छ । केन्द्रका संस्थापन अध्यक्ष लिला शाह, निवर्तमान अध्यक्ष योगमाया शाही, संस्थापन सदस्य मिना गुरुङ लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

स्वागत कार्यक्रममा बोल्नु हुने वक्ताहरुले लमही क्षेत्र लागू औषधको मुख्य केन्द्र बन्दै गएको प्रती नव आगन्तुक प्रहरी प्रमुखले ध्यान दिनु पर्ने बताउनु भएको थियो । शान्ती सुरक्षाका सवालमा गम्भीर भएर लाग्न समेत वक्ताहरुले आग्रह गर्नु भएको छ ।
देउखुरी सामुदायिक सेवा केन्द्रका अध्यक्ष किरण विक्रम शाहको अध्यक्षता तथा वडा प्रहरी कार्यालय लमहीका प्रमुख शंकर श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको स्वागत कार्यक्रममा उपाध्यक्ष गोमा बस्नेतको स्वागत मन्तव्य रहेको थियो भने सहजीकरण सचिव सीता चौधरीले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्