शान्ति सुरक्षा कायम गर्न प्रतिबद्ध छु- प्रहरी निरीक्षक ओली

प्रिया स्मृती गजमेर
प्रिया स्मृती गजमेर २९ फाल्गुन २०७९, सोमबार
1 Min Read
Aa

दाङ – इलाका प्रहरी कार्यालय गढवाका प्रहरी प्रमुख नवीन ओलीले गढवा क्षेत्रमा शान्ति सुरक्षा कायम हुनेगरी जिम्मेवारी निर्बाह गर्ने बताउनु भयो ।

आइतबार कार्यालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै प्रहरी प्रमुख ओलीले सो कुरा बताउनु भएको हो ।प्रहरी मेरो साथी हो भन्ने प्रहरीको नारालाई अबलम्बन गर्दै नागरिकका लागि सेवा प्रबाह गर्न आफू मातहतका युनिटलाई निर्देशन दिनेछु’- उहाँले भन्नु भयो ।

देउखुरी क्षेत्रको गढवा अलि संवेदनसिल क्षेत्र भएको बताउदै पत्रकारलाई प्राप्त भएका सुचनाहरु आफुलाई दिएर सहयोग गर्न आग्रह गर्नु भएको छ ।

प्रिया स्मृती गजमेर

प्रतिक्रिया दिनुहोस्