शैक्षिक गुणस्तर सुधारका लागि काम गर्नेछु – सभापति पदका उम्मेदवार शिशिर वली, नेवि संघ

प्रिया स्मृती गजमेर
प्रिया स्मृती गजमेर ४ चैत्र २०७९, शनिबार
3 Min Read
Aa

भोलि आइतबार स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुँदै छ । स्ववियु निर्वाचनमा आफ्नो प्यानल कसरी जिताउन सकिन्छ वा आफ्नो भातृ संगठनहरुलाई कसरी जिताउन सकिन्छ भन्ने विषयमा पार्टीका नेता कार्यकर्ता गम्भीर रुपले लागि परेका छन् । यसैविच नेपाल विद्यार्थी संघबाट स्ववियु सभापतिका उम्मेदवार बनेका शिशिर वली संग हामीले स्ववियु लक्षित कुराकानी गरेका छौं ।

१- शिशिर जी यहाँलाई स्वागत छ कार्यक्रममा ।
धन्यवाद, यहाँ र यहाँको सिंगो मिडिया टिमलाई पनि ।

२- भोलि स्ववियु निर्वाचन हुँदै छ, तयारी कत्तिको छ ?
पक्कै पनि, भोलि चैत्र ५ गते स्ववियुको निर्वाचन हुने दिन हो, उक्त निर्वाचनमा म नेवि संघको तर्फबाट सभापतिको उम्मेदवार बनेको छु। हामीसंग अन्य पार्टीका भातृ संगठनहरु पनि समेटेका छन् । यति बेला देउखुरी बहुमुखी क्याम्पसमा स्ववियु सभापतिको नेतृत्वको लडाई हो । अर्को टिमबाट पनि साथीहरु निकै जोरजुलुमका साथ लाग्नु भएको छ । चैत्र ५ गतेका लागि हामी पूर्णरुपले तयारि भएर बसेका छौं, क्याम्पसमा अध्ययनरत विद्यार्थी साथीहरुलाई भेट्ने, अभिभावकलाई भेट्ने जस्ता कार्यक्रम गरेका छौं ।

३ – तपाईले स्ववियु सभापति जित्नु भयो भने के-के काम गर्नु हुन्छ ?
धन्यवाद, यहाँले निकै गम्भीर प्रश्न उठान गर्नु भयो। अहिलेको मुख्य कुरा पनि यहि नै हो । चुनाव जित्नु मात्र ठुलो कुरा हैन जस्तो लाग्छ मलाई । किनभने यस क्याम्पसमा अध्ययनरत झन्डै २ हजार बढी विद्यार्थीका हक हितका कुराहरु छन्, शैक्षिक गुणस्तरका कुरा रहेका छन्, शुल्कका कुराहरु रहेका छन् त्यस्तै टाढा टाढाबाट पढ्न आउने विद्यार्थीहरुको छात्राबासको कुरा छ, यातायातको कुरा छ, यिनै कुराहरुलाई मैले र मेरो प्यानलले प्रमुखताका साथ् लिएको छ। मैले चुनाव जिते भने सर्वप्रथम यिनै कुराहरुलाई मुख्य एजेन्डा बनाएर क्याम्पस प्रशासनसंग बसेर छलफल गर्नेछु, सरसल्लाह गर्ने छु । यी सबै समस्याको समाधानका लागि हदैसम्मको पहल गर्ने छु ।

४ – तपाइले नै चुनाव जित्नु हुन्छ भन्ने आधार के छ ?
हामीले पछिल्ला दिनहरुमा यस क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुका लागि धेरै कामहरु गरेका छौं। मैले माथि उल्लेखित गरेका सबै विषयमा हामीले पटक पटक क्याम्पस संचालक समिति, क्याम्पस प्रमुख, जनप्रतिनिधिसंग बसेर छलफल गरेका छौं, विद्यार्थीका जायज मागका सवालमा पनि धेरै कुराहरु उठाएका छौं, क्याम्पस सुधारका लागि हडताल गर्ने, नारा जुलुश गर्ने, तालाबन्दी गर्ने गरेर हुँदैन त्यसका लागि भिजन हुन आवश्यक छ, यो भिजन नेवि संघसंग छ जो स्ववियु चुनाव जित्ने आधार हुन्।

५ – अन्त्यमा के भन्न चाहानु हुन्छ ?
अन्त्यमा मलाई बोलाएर मेरो कुराहरु मिडियामा राख्न सहयोग गर्नु हुने तपाई अनि दाङ समाचार प्रति नतमस्तक छु। यहि चैत्र ५ गते केहि जिल्ला बाहेक देशैभर स्ववियु चुनाव हुँदै छ। उक्त चुनावमा नेवि संघलाई भोट दिएर जिताउनु हुन् सबैलाई हार्दिक अपिल गर्दछु । विद्यार्थीको लागि लड्ने, बोल्ने र काम गर्ने नेतृत्वलाई भोट दिएर जिताउनु हुनेछ भन्ने विश्वास लिएको छु  ।

प्रिया स्मृती गजमेर

प्रतिक्रिया दिनुहोस्