पर्यटक भित्र्याउन राजपुर-१ मा पाैडी प्रतियोगिता हुँदै

दशरथ घिमिरे
दशरथ घिमिरे १४ चैत्र २०७९, मंगलवार
1 Min Read
Aa

दाङ– राजपुर गाउँपालिका वडा नम्बर १ काे कार्यालयले पर्यटकीय क्षेत्रकाे प्रचारप्रसार गर्न बुधबार भाेली स्थानीय रानी पाेखरीमा पाैडी प्रतियोगिता आयाेजना गर्न थालिएको छ ।

वडा नम्बर १ भित्र पर्यटकलाइ आकर्षित गर्ने प्रशस्त स्थलहरु रहेकाे भन्दै पाैडी प्रतियोगिता आयाेजना गरेर सबैकाे ध्यान केन्द्रित गर्न थालेकाे वडा अध्यक्ष सूर्यप्रसाद चाैधरीले जानकारी दिनुभयाे ।

चैत/बैशाखकाे गर्मिमा पनि पानी नसुक्ने ताल छ । त्याे ताल स्थानीयहरुकाे सक्रियतामा पुनः जीवित बनाइएको हाे । अहिले त्यहि तालमा पाैडी प्रतियाेगिता गर्न थालिएको हाे ।

स्थानीय कला संस्कृतिकाे संरक्षण गर्ने उदेश्यले साेही दिन सांस्कृतिक प्रस्तुति समेत राखिने भएको वडा अध्यक्ष चाैधरीले जानकारी दिनुभयाे । वडा नम्बर १ ले पर्यटकहरुलाइ बास बस्नेकाे लागि हाेमस्टे निर्माणकाे समेत तयारी गरेकाे छ ।

दशरथ घिमिरे

प्रतिक्रिया दिनुहोस्