काठमाण्डौ – धनुषा प्रहरीले नब्बे थान कम्प्युटर सहित कल सेन्टरबाट २३ जनालाई नियन्त्रणमा लिएको छ ।
जनकपुर उपमहानगरपालिका – १४ पिडारी चोक नजिक रहेको बिर बहादुर राउतको घरको दोस्रो तल्लामा गैरकानुनी रुपमा कल सेन्टर संचालन गरेको भन्ने गोप्य सुचनाका आधारमा आज चित्र २० गते अन्दाजी बेलुका ४ बजेको समयमा जिल्ला प्रहरी कार्यालय धनुषाबाट प्र.ना.उ. सहितको टोलीले घरको दोस्रो तल्लामा गैरकानूनी रुपमा कल सेन्टर संचालन गरी ३० वटा कम्प्युटरमा ईन्टरनेट जडान गरी काम गरि रहेको र ६० वटा तयारी अबस्थामा राखेको कम्प्युटर समेत बरामद गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख विश्वराज खड्काले जानकारी दिनु भयो ।
प्रहरीले ९० थान कम्प्युटर, २ थान मोटरसाईकल सहित उक्त कार्यमा संलग्न रहेका ९ जना महिला र १४ जना पुरुष गरी जम्मा २३ जना व्यक्तिहरुलाई नियन्त्रणमा लिएको प्रमुख एसपी खड्काले बताउनु भयो ।
पक्राउ परेका व्यक्तिहरु माथी थप अनुसन्धान कार्य भई रहेको छ भने कल सेन्टरका मुख्य संचालकको खोजी तथा आवश्यक थप अनुसन्धान समेत भई रहेको धनुषा प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्