दाङ – लमही नगरपालिकाका उपप्रमुख लक्ष्मी योगीले महिलाहरुलाई उद्यमसंग जोडिन आग्रह गर्नु भयो । बेरोजगार भएर बस्नु परेको कारण विभिन्न घरेलु हिंसामा पर्ने गरेको घटनालाई स्मरण गर्दै अब महिलाहरु आयआर्जनमा जोडिनु अहिलेको आवश्यकता भएको बताउनु भयो ।
लमही नगरपालिकाको आर्थिक सहयोगमा संचालित थाकलबाट विभिन्न सजावट सामाग्री बनाउने तालिमको समापन कार्यक्रममा बोल्नु हुँदै नगर उपप्रमुख योगीले अब महिलाहरु विभिन्न सीप सिकेर आर्थिक रुपले बलियो हुनु पर्छ, सिकेको सीपलाई उद्यमसंग जोड्न सबैलाई आग्रह गर्नु भयो ।

त्यस्तै लमही नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन बहादुर थापाले महिलाहरुको वृद्धि विकासका लागि राज्यले गरेको लगानीलाई भरपुर सदुपयोग गर्नु पर्ने बताउनु भयो । पर्यटनसंग जोडेर आर्थिक लाभ लिन सकिने बताउनु भयो । सीपेले मानिसलाई आत्मनिर्भर गराउन मद्दत गर्ने उहाँको भनाई छ ।

लमही नगरपालिका -५ का वडाध्यक्ष ओम प्रसाद सुवेदीले सानो लगानीमा राम्रो आम्दानी हुने खालका सीपलाई निरन्तरता दिन सहभागीलाई आग्रह गर्नु भयो । सीपलाई आम्दानीको स्रोत गराउन सके राम्रो हुने वडाध्यक्ष सुवेदीले बताउनु भयो ।
समापन कार्यक्रममा सहभागीका तर्फबाट सानू चौधरी, प्रशिक्षक दुर्गा चौधरी, शिक्षा शाखा प्रमुख रवीन्द्र क्षेत्री, सिकाई केन्द्रके पुर्व अध्यक्ष पार्वती देवी थापा , पत्रकार श्रवन बस्नेत लगायतले बोल्नु भएको थियो ।

संस्थाका अध्यक्ष नरेन्द्र बहादुर थापाको अध्यक्षता तथा नगर उपप्रमुख लक्ष्मी योगीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको कार्यक्रममा स्वागत मन्तव्य दीपा थापा र सहजीकरण कार्यालय सचिब शान्ति चौधरीले गर्नु भएको थियो ।


प्रतिक्रिया दिनुहोस्