खेलाडी सवार हाइस कपिलबस्तुमा दुर्घटना

प्रिया स्मृती गजमेर
प्रिया स्मृती गजमेर २५ चैत्र २०७९, शनिबार
1 Min Read
Aa

दाङ – काठमाण्डौ देखि दाङ आउदै गरेको हाइस गाडी दुर्घटना हुँदा दर्जन बढी यात्रु घाइते भएका छन्। ति मध्ये १३ जना खेलाडी छन् । प्रदेश स्तरिय तेक्वान्दो प्रतियोगितामा भाग लिएर फर्किंदै गरेका लमही र गढवाका खेलाडी सवार रहेको बा ०३- ००२५९४ नम्बरको गाडी आज शनिबार बेलुका अन्दाजी ५ बजेको समयमा अनियन्त्रित भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जानकारी दिएको छ ।

चन्द्रौटाको शिवपुर नजिक दुर्घटना भएको हो । उक्त दुर्घटनामा लमही- ५ का ११ वर्षीय सुरज पुनलाई गहिरो चोट लागेका कारण चन्द्रौटामा सामान्य उपचार पछि थप उपचारका लागि बुटवल रेफर गरिएको छ । हाइसमा सवार अन्य यात्रु, खेलाडीहरुको अबस्था सामान्य रहेको र उनीहरुको नाम नखुलेको प्रहरीले बताएको छ ।

दुर्घटनाको खबर पाएलगत्तै नेपाली कांग्रेस गढवा गाउँपालिकाका सभापति किरण पौडेल र गढवा गाउँपालिका- ५ का वडाध्यक्ष लेख बहादुर थापा घटनास्थल पुग्नु भएको छ। उहाँहरु दुवै जनाले घाइतेहरुको स्वास्थ्य अवस्थाको बारेमा जानकारी समेत लिनु भएको छ । घटनास्थलमा रहनु भएका कांग्रेस नेता पौडेलका अनुशार दुर्घटना पाए पछि म र वडा अध्यक्ष थापा संगै आएर घाइतेहरुको उद्दार तथा उपचारका लागि व्यवस्था मिलाएका हौँ, अहिले एक जना बाहेक अरुको अवस्था सामान्य छ ।

प्रिया स्मृती गजमेर

प्रतिक्रिया दिनुहोस्