दाङ – गायक तथा संगीतकार ज्ञानेन्द्र स्वर्णकारको ‘तिमी दियो हौ’ बोलको गीत सार्वजनिक भएको छ । गायक स्वर्णकारले यो गीत आफ्नै अफिसियल युटुब च्यानल गुड भ्वाइस स्टुडियो बाट सार्वजनिक गर्नु भएको हो । गायक स्वर्णकारलाई गायिका पुजा देवकोटाले साथ दिनु भएको छ ।
‘तिमि दियो हौ’ बोलको गीत वहुप्रतिभाका धनि गायक स्वर्णकार आफैले लेखेको गीत हो भने गीतमा कर्णप्रिय संगीत पनि उहाँले नै भर्नु भएको छ । गीतको एरेन्ज भने अर्का गायक तथा संगीतकार महेश विक्रम पाण्डेले गर्नु भएको छ ।
‘तिमि दियो हौ’ बोलको गीत माया प्रेममा आधारित रहेको छ । जुनी काट्न माया लगाएको, तिमि भए अरु केहि चाहिंदैन, तिमि नै सबथोक हौ, जीवन जिउने आधार पनि तिमि हौ, जस्ता भाव बोकेको गीतको शब्दले चसक्कै मन छुने बनेको छ ।
यो गीत भन्दा अगाडी सार्वजनिक भएको गायक स्वर्णकारको ‘कुराकानी बिचार मिल्दैन भने’ बोलको गीतले युटुबमा राम्रै भ्युज पाएको छ । लामो समयदेखि गीत संगीतमा लागेका गायक स्वर्णकारले दाङको लमहीमा आफ्नै रेकर्डिङ स्टुडियो संचालन गर्नु भएको छ ।
यो गीतको पुरा भिडियो हेर्नका लागि तलको लिंकमा क्लिक गर्नु होला ।

प्रतिक्रिया दिनुहोस्