दाङ – सामाजिक संजालमा आएका विभिन्न खाले टिका टिप्पणी प्रति राजपुर गाउँपालिकाका उपाध्यक्ष धनपतीदेवी यादवले आफ्नो गम्भीर ध्यानकर्षण भएको बताउनु भएको छ । आज आइतबार उपाध्यक्ष यादवले आफ्नो फेसबुक मार्फत ‘ध्यानाकर्षण पत्र’ भन्दै लामो स्ट्याटस लेख्नु भएको छ ।
उपाध्यक्ष यादवले यहि मिति २०७९ साल चैत १ गते देखि ९ गते सम्म संचालन भएको पालिका स्तरीय कक्षा ८ को परिक्षामा सामेल हुनु भएको थियो । आफुले दिएको पालिका स्तरिय वार्षिक परिक्षा दिएको विषयलाई लिएर ( परिक्षा अरु कसैलाई दिन लगाएको ) भन्ने जस्ता हावादारी कुराहरुको टिका टिप्पणी भैरहेको प्रति गम्भीर ध्यानाकर्षण भएको साथै त्यस्ता अर्थहीन कुराहरुको पछी नलाग्न समेत सबैलाई अनुरोध गर्नु भएको छ ।
सामाजिक संजालमा अनावश्यक लेख्ने तथा बोले व्यक्तिहरुलाई प्रमाण भए सार्वजनिक गर्न र ति प्रमाण बोकेर गाउँपालिका आउन चुनौती समेत दिनु भएको छ । ‘प्रमाण लिएर आउछन भने म कारबाही भोग्न तयार छु होइन भने हावा कुरा गरेर मेरो बदनाम गराउनेहरुलाई म कुनै पनि हालतमा छोड्दिन’- उपाध्यक्ष यादवले भन्नु भयो ।
मेरो बारेमा गलत हल्ला फैलाएर मेरा गाउँपालिकावासीलाई निरास बनाउने व्यक्तिलाई कानूनी उपचारको भागीदार बन्न पनि तयार रहनु होला’- उहाले भन्नु भयो ।
ध्यानाकर्षण पत्र
प्रस्तुत विषयमा राजपुर गाउँपालिकाका उपाध्यक्ष म धनपतीदेवी यादवले २०७९ सालमा कक्षा ८ को पालिका स्तरिय वार्षिक परिक्षा दिएको विषयलाई लिएर ( परिक्षा अरु कसैलाई दिन लगाएको ) भन्ने जस्ता हावादारी कुराहरुको टिका टिप्पणी भैरहेको प्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । चैत १ देखि ९ गते सम्म संचालन भएको वार्षिक परिक्षामा मैले साधारण नमुना मावि सालभौरी गंगदी परिक्षा केन्द्र बाट कक्षा ८ को पालिका स्तरीय परिक्षा दिएकी हुँ । उक्त परिक्षा केन्द्रका केन्द्राध्यक्ष पूर्ण बहादुर थापा हुनुहुन्छ । त्यहाँ सुरक्षाकर्मी देखि लिएर वडा नम्बर ५ र ७ का वडा अध्यक्ष, गाउँपालिकाको शिक्षा शाखा लगायतको पनि निरन्तर अनुगमनमा भएको हो । मैले शिक्षाको महत्व बुझेरै यो पटकको परिक्षा दिने हिम्मत गरेकी हुँ । म गाउँपालिकाको जिम्मेवार पदमा बसेकी मान्छेले यस्ता गलत हर्कत गर्न सुहाउछ ? मैले परिक्षा दिएको विषयलाई लिएर जो जसले मेरो मान प्रतिष्ठामा आंच आउने प्रकारको बोलेको र लेखेको छ ति व्यक्तिलाई प्रमाण सहित म कहाँ आउन चुनौती दिन्छु होइन भने ति व्यक्तिको पहिचान गरेर साइबर क्राइम अन्तर्गत कानूनी उपचार तिर लाग्ने छु । धन्यवाद।।

प्रतिक्रिया दिनुहोस्