आज ६० जनामा कोरोना संक्रमण देखियो

दाङ समाचार
दाङ समाचार १७ बैशाख २०८०, आईतवार
1 Min Read
Aa

काठमाडौँ – नेपालमा पछिल्लो २४ घण्टामा थप ६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाबाट पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन। हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १२ हजार ३० पुगेको छ।

आइतबार ५५ जना संक्रमणमुक्त भएका छन्। हाल देशभर ३२८ जना कोरोनाका सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ। गत २४ घण्टामा देशभर २७२ पीसीआर तथा १ हजार २०१ एन्टिजेन परीक्षण भएको छ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्