लुम्बिनी प्रदेशका सांसद खड्का र मंत्री श्रेष्ठ चौधरी विच भेटघाट

प्रिया स्मृती गजमेर
प्रिया स्मृती गजमेर २१ बैशाख २०८०, बिहीबार
1 Min Read
Aa

काठमाण्डौ – नेपाली कांग्रेसका युवा नेता, लुम्बिनी प्रदेशका सांसद माननीय अनुराग खड्काले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मंत्री रन्जिता श्रेष्ठ चौधरीसंग भेटघाट गर्नु भएको छ । पुस्तौ देखि चक्लाबन्दीको समस्या झेल्दै आएका घोराही उपमहानगरपालिका- २ बालापुरका स्थानीयको समस्या लिएर युवा नेता खड्का मंत्री श्रेष्ठ चौधरीलाई भेट्न पुग्नु भएको हो ।

नागरिक उन्मुक्ति पार्टीका नेता तथा लुम्बिनी प्रदेशका बिना विभागीय मंत्री धर्म बहादुर चौधरी, कांग्रेस युवा नेता तथा लुम्बिनी प्रदेश सांसद खड्का, नागरिक उन्मुक्ति पार्टीका नेता तथा सांसद प्रज्ञा ढकाल र नेपाली कांग्रेस घोराही उपमहानगरपालिका – २ का सचिव सुन्दर चौधरी लगायतको टोलीले मंत्री रन्जिता श्रेष्ठ चौधरीलाई भेट गरेको हो ।

घोराही उपमहानगरपालिका-२ बालापुरका किसानले प्राप्त गरेको जग्गा धनि पुर्जामा कित्ता नम्बर भएको तर नक्सामा भने अर्को ठाउँ भएकोले समस्या समाधानका लागि मंत्री ज्युलाई भेट्न गएको हुँ, त्यस्तै समग्र लुम्बिनी प्रदेशमा भएका भूमि व्यवस्था, सहकारी तथा गरिबीसंग जोडिएका समस्या प्रति ध्यान दिन अनुरोध समेत गरेको छु’- सांसद खड्काले भन्नु भयो। उक्त विषयमा मंत्री सकारात्मक भएको उहाँले जानकारी दिनु भयो ।

प्रिया स्मृती गजमेर

प्रतिक्रिया दिनुहोस्