खुला कवडी प्रतियोगिता २०८० हुदै

दाङ समाचार
दाङ समाचार १३ भाद्र २०८०, बुधबार
1 Min Read
Aa

दाङ– तुलसीपुरमा खुला कवडी प्रतियोगिता २०८० हुने भएको छ । युथ स्पोर्ट्स एकेडेमी तुलसिपुर दाङको आयोजनामा हुने प्रतियोगिता यहि भदौ १५ गते शुक्रबार देखि राप्ती किङ प्रशिक्षण केन्द्रको खेलमैदानमा हुनेछ ।

प्रतियोगिताको औपचारिक उद्घाटन बिहान ११ बजे हुने आयोजक युथ स्पोर्ट्स एकेडेमी तुलसीपुरका अध्यक्ष सुजन थापामगरले जानकारी दिनु भएको छ । प्रतियोगिताको विजेता टिमले नगद ३० हजार, ट्रफी,मेडल तथा प्रमाणपत्र हात पार्नेछ ।

त्यस्तै उपविजेता टिमले नगद २० हजार, ट्रफी, मेडल प्रमाणपत्र र तृतिय स्थान हात पार्ने सेमिफाइनल सम्म पुगेका दुई टिमलाई प्रमाणपत्र, मेडल, कपको व्यवस्था गरिएको अध्यक्ष थापाले जानकारी दिनुभयो ।

भदौ १७ गते सम्म संचालन हुने प्रतियोगितामा १२ बढी टिमको सहभागीता रहनेछ । यसैबिच आयोजकले प्रतियोगितामा सहभागी हुने टिमका खेलाडीहरुको उमेर २२ वर्ष मुनिको हुनुपर्ने जनाएको छ ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्