दाङ – आयाम बहुउद्देश्यीय सहकारी संस्थाले आफ्नाे ९ औं वार्षिकाेत्सव भब्यताकाे साथ विभिन्न कार्यक्रमहरु गरि मनाएकाे छ ।
यहि फाल्गुन १३ गते स्थापना दिवसको अवसर पारेर संस्थाले हरेक वर्षमा समुदाय स्तरीय कार्यक्रमहरू गरि मनाउदै आएकाे छ ।
यसअघि रक्तदान, प्रतियोगितात्मक ब्याडमिन्टन प्रतियाेगिता, उच्च राशिकाे जिल्लाव्यापी फुटबल प्रतियाेगिता, गरिब तथा जेहेन्दार विद्यार्थीलाई सामाग्री हस्तान्तरण गर्दै आएकाे थियो ।
यस वर्ष ५ वटा टिम बिच मैत्रीपूर्ण फुटबल प्रतियाेगिता आयाेजना गरेकाे हाे । मैत्रीपूर्ण खेलमा आयाेजक, गढवा गाउँपालिका कर्मचारी समूह, गढवा उद्याेग वाणिज्य संघ, हाेटल व्यवसायी संघ गढवा र अटाे व्यवसायीहरुकाे सहभागिता रहेकाे थियाे ।
बहुउद्देश्यीय सहकारीहरू बचत तथा ऋणमा मात्र सिमित हुन नहुने बताउदै संस्थाका अध्यक्ष ओम प्रकाश बसेलले सहकारी नाफा भन्दा सामुदायमुखि हुनु पर्नेमा जाेड दिनुभयाे ।
स्थापना कालदेखिनै समुदाय स्तरमा परिचित संस्था समुदायमै केन्द्रित हुने बिश्वास दिलाउदै अध्यक्ष बसेलले नाफा भन्दा समुदायिक सेवामा समर्पित हुने बिचार व्यक्त गर्नुभयाे । कार्यक्रमकाे बारेमा जानकारी दिदै संस्थाका सचिव श्याम बहादुर चाैधरीले देउखुरी क्षेत्रमा बिश्वसनीय तथा सदस्यमुखि सदस्य बनाउने अभियान सहित लागि परेकाे जानकारी दिनु भयाे ।
मैत्रीपूर्ण कार्यक्रममा गढवा हाेटल व्यवसायी संघ २ का विरूद्व ५ गाेलले विजय भएकाे छ । विजेता तथा उपविजेता समुहलाई कप प्रदान गरिएकाे थियाे ।
स्वस्थ जीवनका लागि मैत्रीपूर्ण खेल आवश्यक रहेकाे गढवा गाउँपालिका खेलकुद शाखा प्रमुख श्याम विकले बताउनु भयाे । यस्ता कार्यक्रम निरन्तर रूपमा हुनुपर्नेमा विकको जोड छ । साथै समापन कार्यक्रममा ९ औं वार्षिकाेत्सव लेखिएकाे केक समेत काटिएकाे थियाे ।
समापन कार्यक्रममा गढवा उद्याेग काणिज्य संघका उपाध्यक्ष चिन्ता प्रसाद पाेख्रेल, गढवा हाेटल व्यवसायी संघका अध्यक्ष राम बहादुर थापा, संस्थाका लेखा सुपरिवेक्षण समिति संयाेजक ईश्वर चाैधरी लगायतले बाेल्नु भएकाे थियाे ।
संस्थाका अध्यक्ष ओम प्रकाश बसेलकाे अध्यक्षतामा सम्पन्न कार्यक्रमकाे सहजीकरण सचिव श्याम बहादुर चाैधरीले गर्नुभएकाे थियाे । कार्यक्रममा धन्यबाद ज्ञापन संस्थाका उपाध्यक्ष पुष्पराज घिमिरेले गर्नु भएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्