जन्मदिनको अवसरमा असहाय, बेसहारा, सडकमानवहरुलाई खाना

दाङ समाचार
दाङ समाचार ३ भाद्र २०८१, सोमबार
1 Min Read
Aa

दाङ – लमही नगरपालिका-६ देउपुर घर भई हाल रोजगारीको शिलशिलामा मकाउ बस्नु हुने प्रज्वल केसीले राप्ती गाउँपालिकामा रहेको नीलसागर सेवाश्रममा रहेका असहाय, बेसहारा, सडकमानवहरुलाई खाना खुवाउनु भएको छ । केसीले आफ्नो जन्मदिनको अवसर पारेर ति बेसहारा मानिसलाई खाना खुवाएको जानकारी दिनु भयो ।

केसी अहिले रोजगारीका लागि मकाउमा हुनुहुन्छ । केसीका बुवा रोबर केसी, आमा प्रमिला केसी, ठुली आमा कमला केसी, दाजु उज्वल केसी, भाउजू सीता केसी र भतिज अर्सब केसी सहितको टोली राप्ती गाउँपालिकाको पिपरी नीलसागर सेवा आश्रममा पुगेर नगद प्रदान गर्दै मिष्ठान भोजन खुवाउनु भएको हो ।

जन्मदिनको अवसरमा खर्च हुने रकम सडक मानवका लागि खर्च गर्न पाउँदा आफुलाई खुशी लागेको प्रज्वल केसीले बताउनु भयो । हरेक युवाले यस्ता सामाजिक कार्यमा तन, मन वचन र कर्मले लाग्नु पर्छ, अनावश्यक हुने खर्च कटौती गरि सामाजिक क्षेत्रमा लगानी गर्नु पर्ने उहाँको भनाई छ ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्