यौन हिंसाविरुद्धको विषय पाठ्यपुस्तकमा समावेश गर्ने सरकारको प्रतिबद्धता

दाङ समाचार
दाङ समाचार २४ जेष्ठ २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौं – सरकारले यौन हिंसाबाट बच्ने, बचाउने र यस्ता अपराध गर्दा हुने सजायलाई पाठ्यपुस्तकमा समावेश गर्ने प्रतिवद्धता जनाएको छ । प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा सांसदहरुले बाँकेमा भएको सामूहिक बलात्कारबारे प्रश्न उठाएका थिए ।

त्यसको जवाफ दिने क्रममा गृहमन्त्री बालकृष्ण खाँणले घटनामा संलग्न ७ जना पक्राउ परेको र हदैसम्म कारबाही गर्ने बताए । घटनामा १६÷१७ वर्षका पुरुष समेत संलग्न भएको पाइएको भन्दै गृहमन्त्री खाँणले भने, ‘यौन हिंसाबाट बच्ने बचाउने र गरिए हुने सजायबारे जानकारी दिने सामग्री पाठ्यक्रममा राख्नुपर्ने माननीयहरुको मागप्रति सकारात्मक छु ।’

प्रतिक्रिया दिनुहोस्