सांसद सुवालकाे आराेप: निर्वाचन आयाेगका मुख्य पदाधिकारी र न्यायालयले प्रजातन्त्र खाेस्ने काम गर्‍याे

दाङ समाचार
दाङ समाचार २४ जेष्ठ २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडाैँ – नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले निर्वाचन आयोगका मुख्यमुख्य पदाधिकारी र न्यायालयमाथि कारबाही गर्न सरकारसँग माग गरेका छन्।

मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद सुवालले स्थानीय तह निर्वाचनमा सिन्धुपाल्चोक जिल्लामा आफ्ना पार्टीका उम्मेदवारले उजुरी दिँदा पनि निर्वाचन चिन्ह मादल नदिएको उल्लेख गर्दै निर्वाचन आयोग र न्यायालयमाथि कारबाहीका लागि सरकारलाई निर्देशन सभामुख अग्नीप्रसाद सापकोटाको पनि गम्भीर ध्यानाकर्षण गराए।

यस खालको गतिविधिमा संलग्न निर्वाचन आयोगका पदाधिकारी र न्यायालयलाई प्रजातन्त्रको निम्ति पनि कारबाही गर्नुको विकल्प नभएको सांसद सुवालको तर्क थियो। उनले भने, ‘निर्वाचन आयोगले गत स्थानीय तह निर्वाचनमा सिन्धुपाल्चोक जिल्लामा नेपाल मजदुर किसान पार्टीको चुनाव चिन्ह मादल दिएन।

यसविरुद्ध निर्वाचन आयोग र न्यायालयमा हाम्रो उम्मेदवारले उजुरी दिनु भयो। तर, पनि दिइएन। यसकारण निर्वाचन आयोगका मुख्यमुख्य पदाधिकारी र न्यायालयले प्रजातन्त्र खोस्ने काम गर्याे।

आवश्यक कारबाही हुनुपर्छ भन्ने कुरा सभामुखमार्फत् सरकारलाई निर्देशन हुनुपर्दछ भन्ने माग गर्न चाहन्छु। प्रजातन्त्रको निम्ति यो आवश्यक छ।’ सांसद सुवालले निर्वाचन जित्न पैसा र सामान बाँड्नुपर्ने अवस्था आउन नदिन पनि सरकारलाई सचेत गराए।

प्रतिक्रिया दिनुहोस्