आवासीय जग्गा चार आनाभन्दा सानो हुने गरी कित्ताकाट गर्न नपाइने

दाङ समाचार
दाङ समाचार २४ जेष्ठ २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौँ – सरकारले आवासीय प्रयोजनाका लागि चार आना (१३० वर्गमिटर) भन्दा कम हुने गरी कित्ताकाट गर्न नपाउने नियम ल्याएको छ। भु–उपयोग ऐन २०७६ को नियमावली जारी गर्दै जग्गाको खण्डीकरणलाई रोक्ने निर्णय गरेको हो।

जग्गाको कित्ताकाटबारे लामो समयदेखि हुँदै आएको विवादलाई सरकारले ऐन जारी भएको दुई वर्षपछि नियमावलीमार्फत कडाइ गरेको हो। त्यस्तै आवासीय प्रयोजनका लागि पाँच सय वर्गमिटरभन्दा सानो कित्तामा चौडाइभन्दा लम्बाइ चार गुणा बढी हुने गरी कित्ताकाट गर्न पाइनेछ।

नियमावलीमा कृषियोग्य जमिनलाई काठमाडौँ उपत्यकामा पाँच सय वर्ग मिटर, तराई, भित्री मधेसमा ६ सय ७५ वर्गमिटरभन्दा कम हुने गरी कित्ताकाट गर्न पाइने छैन।

बाँकी क्षेत्रमा हरेको कृषि योग्य जमिनमा एक हजार वर्ग मिटरभन्दा सानो हुने गरी कित्ताकाट गर्न पाइने छैन। भूउपयोग ऐनमा जग्गालाई १० वर्गमा विभाजन गरिएको छ।

प्रतिक्रिया दिनुहोस्