लमही र गढवामा सर्पदंश सम्बन्धी डेमो प्रर्दशर्नी

दाङ समाचार
दाङ समाचार २५ जेष्ठ २०७९, बुधबार
2 Min Read
Aa

दाङ – समुदाय क्षेत्रमा जनचेतना फैलाउन उद्देश्यले देउखुरी क्षेत्रमा सर्पदंश सम्बन्धी डेमो प्रर्दशर्नी गरिएको छ । बुधवार रणसिंहदल गणको आयोजनामा देउखुरीको गढवा गाउँपालिका र लमही नगरपालिकामा सर्पदंश सम्बन्धी डेमो प्रर्दशर्नी गरिएको हो ।

विगत देखि नै सर्पदंश सम्बन्धी तालिम प्राप्त जनशक्ती परिचालन गरि उपचार समेत प्रदान गर्दै आइरहेको रणसिंहदलका गणपती प्रमुख सेनानी रविन्द्र महर्जनले बताए । महर्जनका अनुसार डेमो प्रर्दशर्नीबाट स्थानीय नागरिकहरुले सर्पदंश सम्बन्धी धेरै ज्ञान लिन सकिने छ ।

No description available.

सर्पले तोकेको खण्डमा के–के कुराहरु गर्नुपर्छ ? कस्तो सर्प बढि विषालु हुन्छ ? कुन क्षेत्रमा यसको जोखिम बढी छ ? सर्पले टोकेमा के गर्ने ? भन्ने कुरामा सर्वसाधारणले उति सरोकार राखेको पाइँदैन, सर्पले डसेर ज्यानै जाने जोखिम भएपनि यसबारे खासै सचेनता पाइँदैन, सोही कारण डेमो प्रर्दशर्नी अभियानलाई तिब्रता दिदै सचेतना जगाउदैँ आइरहेका छौं, रणसिंहदलका गणपती प्रमुख सेनानी रविन्द्र महर्जनले भने,–। ‘प्रत्येक वर्ष डेमो प्रर्दशर्नी गर्दै आइरहेको छौँ ।’

No description available.

देउखुरी उपत्यकामा बढी विषालु सर्पहरु जस्तै करेत, गोमन, पिट, भाईपर, रुसल, मूगा लगायतका सर्पहरु पाइने गरेको छ । विगतमा सर्पले टोकेको विरामीलाई उपचार गर्न गोरुसिंङ्गेमा रहेको सर्पदंश उपचार केन्द्रमा लैजाने गरिन्थ्यो ।

अहिले गढवा र लमहीमा सर्पदंश उपचार केन्द्र स्थापना भएपछि स्थानीयहरु उपचारको लागि अन्यत्र जानुपर्ने बाध्यता अन्त्य भएको छ । जनचेतना फैलाउन उद्देश्यले देउखुरी क्षेत्रमा सर्पदंश सम्बन्धी डेमो प्रर्दशर्नी कार्यक्रमको सहजिकरण सेनानी दलबहादुर थापाले गरेका थिए । उक्त डेमो प्रदर्शन कार्यक्रममा नौजना नेपाली सेनाको टोलिले डेमो प्रर्दशर्नी गरेको थियो ।

No description available.

प्रतिक्रिया दिनुहोस्