खोलामा आएको बाढीले मोटरसाइकल बगायो

दाङ समाचार
दाङ समाचार २५ जेष्ठ २०७९, बुधबार
0 Min Read
Aa

काठमाण्डौ – लगातार परेको वर्षाका कारण खोलामा आएको बाढीले एकजनाको मोटरसाइकल बगाएको छ।

काठमाडौँ महानगरपालिका वडा-२ लाजिम्पाटस्थित निलसरस्वतीस्थान नजिक टुकुचा खोलामा आएको बाढीले मोटरसाइकलसहित एक व्यक्तिलाई बगाएको महानगरीय प्रहरी परिसरले जनाएको छ।

काठमाडौँ महानगरपालिका धापासी घर भएका २१ वर्षीय सुरज अर्यालसहित बागमती प्रदेश-०२-०१३ प २५८८ नम्बरको मोटरसाइकल बाढीले बगाएको हो। चालक अर्याललाई तत्काल सकुशल उद्धार गरिएको छ भने बगाएको मोटरसाइकल खोजी कार्य जारी रहेको प्रहरीले बताएको छ।

प्रतिक्रिया दिनुहोस्