मोटरसाइकल दुर्घटना हुँदा दाङमा एकको मृत्यु

दाङ समाचार
दाङ समाचार २६ जेष्ठ २०७९, बिहीबार
1 Min Read
Aa

दाङ– मोटरसाइकल दुर्घटना हुँदा दाङमा एक जनाको मृत्यु भएको छ ।

घोराहीको रामपुरस्थित सडकखण्डमा रा४प ७२११ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा घोराही उपमहानगरपालिका वडा नं. २ का २७ वर्षीय गोविन्द रेग्मीको मृत्यु भएको हो ।

बिहीबार बिहान ४ बजे घोराहीदेखि रामपुरतर्फ जानेक्रममा मोटरसाइकल अनियन्त्रित भई घोराही ४ सुनपुरस्थित घरको रेलिङमा ठोक्किदा दुर्घटना भएको जिल्ला ट्राफिक कार्यालय दाङका प्रमुख झवीन्द्र परियारले जानकारी दिए ।

दुर्घटनामा परी घाइते भएका मोटरसाइकल चालकको उपचारका क्रममा राप्ती स्वास्थ विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस्