कांग्रेस संखुवासभाका १० जना नेता–कार्यकर्ता निष्कासित

दाङ समाचार
दाङ समाचार २६ जेष्ठ २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौं –  नेपाली कांग्रेस संखुवासभाले १० जना नेता कार्यकर्तालाई निष्कासित गरेको छ। ३० वैशाखको स्थानीय तह निर्वाचनमा पार्टीको निर्णय विपरीत काम गरेको भन्दै ११ जनालाई पार्टीको साधारण सदस्य नरहने गरी निष्कासन गरेको नेपाली कांग्रेस संखुवासभाका प्रवक्ता दीपेन्द्र बान्तवाले जानकारी दिए।

कांग्रेस प्रवक्ता बान्तवाका अनुसार निर्वाचनका क्रममा पार्टी हित विपरीत गतिविधि गर्ने, असहयोग गर्नेलाई पार्टी पार्टीको साधारण सदस्य नरहने गरी निष्कासन गरेको हो। स्थानीय तहको निर्वाचनमा अनुशासन उलङ्घन गर्दै पार्टीलाई नोक्सान पुग्ने गतिविधि गरेको आधारमा कारबाही गरिएको प्रवक्ता बान्तवाले बताए।

कांग्रेसले मादी नगरसभापति यादवचन्द्र खड्का,धर्मदेवी नगरपालिकाका गोविन्द थापा, राजु घिमिरे, डम्मर कुमार पौडेल, पाँचखपनका सन्तोष बस्नेत, पूर्णबहादुर थापा र कुमार राई, मकालु गाउँपालिकाका बालकुमार राई, दीपेश गुरुङ र रिन्जे शेर्पालाई साधारण सदस्य नरहने गरी निष्कासन गरेको नेपाली कांग्रेस संखुवासभाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्