प्रधानमन्त्री देउवा र मेयर साहबीच भेट, फोहोर व्यवस्थापनको विषयमा छलफल

दाङ समाचार
दाङ समाचार २६ जेष्ठ २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौं –  प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहलाई बोलाएर फोहोर व्यवस्थापनका विषयमा जानकारी लिएका छन् ।

बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मेयर साहलाई बोलाएर देउवाले फोहोर व्यवस्थापनका विषयमा जानकारी लिएका हुन् । त्यस क्रममा प्रधानमन्त्री देउवाले काठमाडौंको फोहोर व्यवस्थापनमा देखिएको समस्या समाधान गर्न सरकारको साथ रहने बताएको जनाइएको छ ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार देउवाले बञ्चरेडाँडका स्थानीयवासी र जनप्रतिनिधिसँग पनि छलफल गरेर दीर्घकालिन समाधान खोज्न सुझाव दिए । प्रधानमन्त्री देउवा र मेयर साहबीच यसअघि पनि भेट भएको थियो ।

प्रतिक्रिया दिनुहोस्