सञ्चालनमा आयाे नारायणगढ-मुग्लिन सडकखण्ड

दाङ समाचार
दाङ समाचार २७ जेष्ठ २०७९, शुक्रबार
0 Min Read
Aa

काठमाडाैँ – पहिरो पन्छाएर नारायणगढ-मुग्लिन सडकखण्ड पुनः सञ्चालनमा ल्याइएको छ।

इच्छाकामना गाउँपालिका-६ तोपे खोलामा पहिरोको कारण अवरुद्व भएको सडक भर्खर ११ः१५ बजेबाट दुईतर्फीरूपमा सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

त्यहाँ बिहान करिब ९ बजे पहिरो खसेपछि बाटो पूर्णरूपमा अवरुद्ध भएको थियो। नारायणगढ-मुग्लिन सडक र पृथ्वी राजमार्गका विभिन्न स्थानमा खसेको पहिरोका कारण यात्रा जोखिमपूर्ण र कष्टकर बनेको छ।

प्रतिक्रिया दिनुहोस्