पहिरोले सडक बन्द भएपछि बिरामीलाई अस्पताल लैजान हेलिकप्टर

दाङ समाचार
दाङ समाचार २७ जेष्ठ २०७९, शुक्रबार
0 Min Read
Aa

काठमाण्डौ – पहिरोका कारण मुग्लिङ आँबु खैरेनी सडक अवरुद्ध हुँदा बिरामीलाई अस्पताल लैजान हेलिकप्टर चार्टर गर्नु परेको छ ।

गोरखाको बारपाकका बालशम्शेर गुरुङलाई उपचारका लागि काठमाडौं लैजान उनका आफन्तले हेलिकप्टर प्रयोग गरेका हुन् ।

गत सोमबारबाट स्वास्थ्यमा समस्या देखिएका गुरङलाई आफन्तले बारपाकबाट एम्बुलेन्समा दमौली ल्याएका थिए । तर पहिरोले सडक अवरुद्ध भएकोले उनीहरुले दमौलीमा हेलिकप्टर बोलाएर बिरामी काठमाडौं लगेका हुन् ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्