दाङमा नक्कली प्रहरी बनेर पैसा असुली गर्ने पक्राउ

दाङ समाचार
दाङ समाचार २८ जेष्ठ २०७९, शनिबार
1 Min Read
Aa

दाङ – नेपाल प्रहरीको घुमुवा हुँ भन्दै पैसा असुली कार्यमा संलग्न एकजनालाई दाङ प्रहरीले पक्राउ गरेको छ । घोराही उपमहानगरपालिका वडा नम्बर १३ निवासी अर्जुन थापा मगर (नक्कली सइ) लाई घोराही बजारबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख सुरेशप्रसाद काफ्लेले जानकारी दिए।

नेपाल प्रहरीको घुमुवा हुँ भन्दै पैसा असुली कार्यमा संलग्न नक्कली सइ अर्जुन थापा मगरलाई गत बिहिवार राती दशबजे घोराही बजार क्षेत्रबाट पैसा असुली गर्दा गर्दै पक्राउ गरिएको प्रहरी प्रमुख काफ्लेले बताए।

दाङ प्रहरीले पैसा असुली गर्ने नक्कली सइ मगरलाई नियन्त्रणमा लिएर थप अनुसन्धान थालेको छ । नक्कली असइ हुँ भन्दै, रकम असुल्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

कार्वाहीको लागि पक्राउ परेका मगरलाई ठगी मुद्धामा म्याद लिएर कहाँ कुन ठाउँमा पैसा असुली गरेको छ, त्यस बारे थप अनुसन्धान गरिरहेको प्रहरी प्रमुख काफ्लेले बताए । पक्राउ परेका मगरले पहिले पनि प्रहरी हुँ भन्दै ठगी गर्दै आइरहेको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्