सरकार एकलौटी नभएकाले चाहे अनुसार धेरै काम गर्ने स्थिति छैन : देउवा

दाङ समाचार
दाङ समाचार २९ जेष्ठ २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौं – प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार एकलौटी नभएकाले चाहे अनुसार धेरै काम गर्ने स्थिति नरहेको बताएका छन् ।

नेपाल ट्रेड युनियन कांग्रेसको काठमाडौं सुरु भएको राष्ट्रिय सम्मेलनको उदघाटन गर्दै उनले एकलौटी सरकार नभएकाले नेपाल ट्रेड युनियन कांग्रेसले धेरै माग दावी गर्न नमिल्ने बताए । ‘एउटा कुरा के बुझ्नु पर्‍यो भने तपाईंहरुले यो कांग्रेसको एकलौटी सरकार होइन । यो नबुझिकन तपाईंहरुले यो धेरै क्लेम गर्ने कुरा छैन,’ उनले भने ।

देउवाले श्रमिकहरुको हक, अधिकारको सुरक्षा र उनीहरुको लागि आवश्यक सुविधा उपलब्ध गराउन सरकार दृढ संकल्पित रहेको बताए । ‘संविधान तथा प्रचलित कानुनमा श्रमिकको हकलाई पूर्ण रुपमा कार्यान्वयन गराउने कुरामा सरकार प्रतिबद्ध छ,’ उनले भने, ‘वर्तमान सरकार श्रमको सम्मान गर्दै सबै श्रमिकलाई सुरक्षित र मर्यादित रोजगारी उपलब्ध गराउन दृढ संकल्पित छ ।’

प्रतिक्रिया दिनुहोस्