चलचित्र ‘घनचक्कर’ असार १० मा आउँदै, दाङका ४ जना कलाकार

दाङ समाचार
दाङ समाचार १ असार २०७९, बुधबार
2 Min Read
Aa

काठमाडौँ – सौगात मल्ल अभिनित ठुलो पर्दाको चलचित्र ‘घनचक्कर’ असार १० गतेबाट देशभर रिलिज हुँदैछ। जितेन्द्र राजोपाध्यायले निर्देशन गरेको फिल्ममा सौगात मल्ल र सलोन बस्नेत संगै दाङका ४ जना कलाकारहरुले अभिनय गरेका छन्।

जसमा जेवी डिसी, प्रवन भुसाल, दामोदर पौडेल र कर्णप्रिय धिताल रहेका छन्।

त्यस्तै, चलचित्रको मुख्य भूमिकामा रहेका कलाकारहरुमा कस्मिरा लामा, सरोज खनाल, शिशिर भण्डारी, कृष्णभक्त महर्जन, आशान्त शर्मा, ममता प्रधान, नरेन खड्का, इश्वरी खड्का, जनक घर्तिमगर रहेका छन्।

सस्पेन्स कमेडी जानराको फिल्मले शहर भित्र लुकेको लय विहिन जिन्दगी बाचिरहेका भिन्न भिन्न पात्रहरुहरुको मनोवृति र जीवन प्रस्तुत गरेको छ। समाजमा सरल र लयबद्ध जीवन देखेको जानेको हामीलाई यहि शहर समाज भित्र ‘डार्क लाइफ” बाँचिरहेका व्यक्तिहरुले समाजलाई कसरी हामीले भन्दा भिन्न रुपमा लिएबुझेका छन् ।

जीवन अगाडी बढाउन हाम्रो भन्दा भिन्न कस्ता कस्ता गतिविधि गर्छन भन्ने कुरा देखाउन खोजिएको फिल्मका कलाकार दामोदर पौडेलले जानकारी दिए। पेशाले अधिवक्ता रहेका कलाकार पौडेलले चलचित्र ”घनचक्कर” शहरभित्र नदेखिएको जीवनकथा बोल्ने फिल्मको रुपमा रहेको बताए।

फिल्ममा सुसन प्रजापतिको छायाँकन, अर्जुन सिंहको कथा, काजि लिम्बुको पटकथा तथा संवाद, विनोद खतिवडा, शान्ती तामांग र भरत रौनियार सह निर्देशक, अष्ट महर्जनको द्वन्द्व निर्देशन, प्रदीप श्रेष्ठ र साइमन राजवंशीको कोरियोग्राफी, विपिन आचार्य, देव कोइमी र विजेन श्रेष्ठको संगीत र मित्र डि गुरुङको सम्पादन, बिमल धमला प्रोडक्सन म्यानेजर, दिपु पौडेल मेकअप, सन्ध्या पुन हेयर लगायत रहेका छन्।

करुणा अर्याल र संगम भट्टले लगानी गरेका फिल्मलाई हरि भट्ट सूर्यनाथले प्रस्तुत गरेका हुन् । चलचित्रमा अनुपम द्धिवेदी, अनुप जंग खड्का र सन्तोष सेढाई सह-निर्माताको रुपमा रहेका छन् । चलचित्रलाई सुनिल मानन्धरको श्रीराम बालाजी फिल्मसले वितरण गर्ने निर्माण पक्षले जानकारी दिएको छ ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्