दाङ जिल्ला स्तरिय १२ औं राष्ट्रपति रनिङ शिल्ड हुँदै

दाङ समाचार
दाङ समाचार १६ असार २०७९, बिहीबार
1 Min Read
Aa

लक्ष्मण बस्नेत, दाङ

जिल्ला स्तरिय १२ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७९ शुक्रबार देखि दाङमा सुरु हुँदै छ ।
नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयको तत्त्वावधान र राष्ट्रिय खेलकुद परिषदको संयोजकत्वमा दाङ जिल्ला खेलकुद विकास समितिद्वारा संचालित प्रतियोगिताको लुम्बिनी प्रदेश पर्यटन ग्रामीण तथा सहरी विकास मन्त्री डिल्लीबहादुर चौधरीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

बेलझुण्डी रंगशालामा तीन दिन सम्म संचालन हुने प्रतियोगितामा भलिबल, कबडी, तेक्वान्दो छात्र/छात्रा त्यस्तै ऎथ्लेटिक्स ट्रयाक तर्फ १००, २००, ४००, ८००, १५००, ३००० मिटर छात्र / छात्रा दौड, १०० गुणा ४०० र ४ गुणा ४०० छात्र/छात्रा रिले दौड तथा फिल्ड तर्फ हाईजम्प, लङजम्प, त्रीपलजम्प, ज्याभलिङ थ्रो र सटपुट छात्र/छात्रा बिच कडा प्रतिस्पर्धा हुने दाङ जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख पदमा चौधरीले जानकारी दिईन ।

प्रतियोगितामा जिल्लाका दस पालिका मध्य रनिङ शिल्ड सम्पन्न गरेका सात पालिकाका बिधालयका प्रथम द्वितिय स्थान हात पारेका झण्डै तीन सय खेलाडी र अफिसियलको सहभागिता रहनेछ ।

यसैबिच प्रतियोगिता संचालनको जिम्मा पाएको दाङ जिल्ला खेलकुद विकास समितीले रनिङ शिल्ड प्रतियोगिताको तयारीलाई तिब्र पारेको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्