अरनिको मावि रोल्पा र मुसिकोट बहुमुखी क्याम्पस रुकुम पश्चिम क्वाटर फाईनलमा

दाङ समाचार
दाङ समाचार ११ श्रावण २०७९, बुधबार
2 Min Read
Aa

लक्ष्मण बस्नेत, दाङ
दाङको तुलसीपुरमा जारी अन्तर कलेज स्तरिय खुला पुरुष भलिबल प्रतियाेगिता २०७९ मा अरनिको मावि नुवागाउँ रोल्पा र मुसिकोट बहुमुखी क्याम्पस रुकुम पश्चिम क्वाटर फाईनलमा प्रवेश गरेका छन् ।

राप्ती किङ भलिबल प्रशिक्षण केन्द्र तुलसीपुर दाङकाे आयोजना तथा दाङ जिल्ला भलिबल संघको समन्वयमा संचालित प्रतियोगिताको आज बुधवार सम्पन्न प्रीक्वाटर फाईनल खेलमा राप्ती बबई क्याम्पस तुलसीपुरलाई २५-१६,२५-२१ अर्थात २-० को सोझो सेटमा पराजित गर्दै अरनिको मावि नुवागाउँ रोल्पाले क्वाटर फाईनल यात्रा तय गरेको हो ।

त्यस्तै दोस्रो प्रीक्वाटर फाईनल खेलमा आरती टेक्निकल कलेज सल्यानलाई २५-१५, २५-१५ अर्थात २-० को सोझो सेटमा पराजित गर्दै मुसिकोट बहुमुखी क्याम्पस रुकुम पश्चिमले क्वाटर फाईनल यात्रा सुरक्षीत गरेको हो । यसैबिच प्रतियोगिता अन्तरगत बिहिवार बिहान क्वाटर फाईनल प्रवेशका लागि हुन खेलमा शिदेश्वरी मावि रुपन्देही र महेन्द्र रत्न मावि पिपलनेटा सल्यान भिड्नेछन् ।

त्यस्तै दोस्रो प्रीक्वारमा न्यु होराईजन मावि रुपन्देही र गोरखा मावि तुलसिपुर (रातो) बिच खेल भिड्न्त हुने आयोजक राप्ती किङ प्रशिक्षण केन्द्रका अध्यक्ष कमल खत्रीले जानकारी दिए ।

नेपालको राष्ट्रिय खेल भलिबलको विकास र प्रवर्द्धनसंगै प्रतिभावान खेलाडीको पहिचान र विकासमा टेवा पुर्‍याउने मुख्य उदेश्यका साथ आयोजना गरिएको प्रतियाेगितामा दाङ, बाँके, रुपन्देही, रुकुम पश्चिम, सल्यान र रोल्पा जिल्लामा स्थापित कलेजका २० टिमको सहभागिता रहेको छ ।

प्रतियोगिताको बिजेता टिमले नगद १ लाख १ हजार ११ रुपैयाँ, कप , मेडल तथा प्रमाणपत्र हात पार्नेछ ।

त्यस्तै उपविजेता र तृतीय स्थान हासिल गर्ने टिमले क्रमशः नगद ५० हजार १ सय ११ र २५ हजार,१ सय ११ रुपैयाँ,मेडल तथा प्रमाणपत्र हात पार्ने प्रतियोगिता मुल आयोजक समितिका सदस्य सन्तोष रानाले जानकारी दिए ।

प्रतियाेगिता अवधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने ब्यक्तिगत बिधा तर्फ खेलाडीलाई पुरस्कृत गरिनेछ ।

सर्बोउत्कृष्ट खेलाडी नगद ५ हजार, ट्रफी र प्रमाणपत्र, उत्कृष्ट सेटर,सर्बर, स्पाइकर र लिब्रो लाई जनही २ हजारका दरले नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्