लमही क्रिकेट मैदानलाई केन्द्र सरकारको सहयोग रहन्छ – मंत्री गहतराज

दाङ समाचार
दाङ समाचार २३ श्रावण २०७९, सोमबार
1 Min Read
Aa

दाङ – युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले दाङको लमहीमा रहेको देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदानकाे निरिक्षण गरेका छन । नेकपा माओबादी केन्द्र लुम्बिनी प्रदेश समितिको बैठकमा सहभागी हुन पुगेका मन्त्री गहतराजले क्रिकेट मैदानमा पुगेर अवलोकन तथा निरिक्षण गर्दै देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदानलाई केन्द्र सरकारले पनि सहयोग गर्ने बताए ।

राजधानी नजिकै भएको कारण पनि अब सरकारले यो मैदानलाई व्यवस्थित नगरी सुक्खै छैन, तपाईहरु ढुक्क हुनुस मन्त्रालयले जति बजेट बिनियोजन गर्न सक्छ गर्नेछ। मैदान निर्माणकार्यमा केन्द्र सरकारले विशेष प्राथमिकताका साथ ध्यान दिने बताउदैँ, उनले भने,-। `अब केन्द्रकाे नजर याे मैदान परिसकेको छ ।´

लमही नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष ओमप्रसाद सुवेदी सागरले उक्त मैदानलाई विशेष प्राथमिकतामा राखेर काम गर्न अनुरोध गरेका छन । यस्तै नेकपा (माओवादी केन्द्र) का युवा नेता बसन्त शर्मा विक्रान्त, देउखुरी क्रिकेट क्लवका अध्यक्ष शाेभाराम पाैडेल, लमही नगर विकास समितिका इञ्जिनियर तुलसीराम अर्याल, दाङ क्रिकेट संघका उपाध्यक्ष किशोर घर्ती, दाङ जिल्ला खेलकुद परिषद् प्रदेश सदस्य रवि श्रेष्ठ लगायतले मैदानको बारेमा मन्त्रीलाई जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्