कृष्ण जन्माष्टमी पर्व मनाउने क्रममा भीडमा परेर दुई जनाको मृत्यु

दाङ समाचार
दाङ समाचार ४ भाद्र २०७९, शनिबार
0 Min Read
Aa

काठमाडौं– भारतको मथुरा, वृन्दावनस्थित बांके बिहारी मन्दिरमा कृष्ण जन्माष्टमी पर्व मनाउन भेला भएका श्रद्धालु भक्तजनको अत्यधिक भीडका कारण दुई जनाको मृत्यु भएको छ।

समाचार एजेन्सी एएनआईका अनुसार शुक्रबार साँझ मंगल आरतीका क्रममा अत्यधिक भीड तथा गुम्सिएर उनीहरुको मृत्यु भएको हो।

श्रद्धालु भक्तजनको अत्यधिक भीडका कारण निसास्सिएर बेहोस भएका कयौँ श्रद्धालुलाई अस्पताल भर्ना गर्नु परेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्