दाङ – भारतको जम्मू कश्मीरको किस्तवाडस्थित मचैल माता मन्दिर नजिकै बिहीबार आएको भीषण वर्षापछि आएको बाढीमा ३३ जनाको मृत्यु भएको छ भने ५० जनाभन्दा बढीको उद्धार गरिएको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार घटनामा १ सय २० भन्दा बढी घाइते भएका छन् र २ सय भन्दा बढी बेपत्ता छन् । प्रहरीले उद्धृत गरेको विवरणमा बाढीले ठूलो क्षेत्र प्रभावित पारेको र जनधनको ठूलो क्षति भएको जनाइएको छ ।
घटनाको जानकारी पाएलगत्तै राहत र उद्धार टोली घटनास्थलमा पठाइएको र ठूलो मात्रामा उद्धार अपरेसन सुरु गरिएको छ । सेनादेखि विपद् व्यवस्थापन टोलीसम्मको संयुक्त प्रयास जारी रहेको बताइएको छ ।
केन्द्रीय मन्त्री जितेन्द्र सिंहले यस घटनामा ठूलो मानवीय क्षति हुन सक्ने बताएका छन् । प्रधानमन्त्री नरेन्द्र मोदीले गहिरो दुःख व्यक्त गर्दै प्रभावित परिवारप्रति संवेदना प्रकट गरेका छन् र उद्धार कार्यमा आवश्यक सहयोगका लागि सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्