दाङ– दाङका पत्रकार दशरथ घिमिरे राष्ट्रिय स्तरकाे पत्रकारिता पुरस्कारले सम्मानित भएका छन ।
राष्ट्रपतिकाे कार्यालय शितलनिवासमा आयाेजना गरिएको बिशेष कार्यक्रममा प्रेस काउन्सिल नेपालले युवा पत्रकारीता पुरस्कारले पत्रकार घिमिरेलाई सम्मानित गरेकाे हाे ।
राष्ट्रपति विद्यादेवि भण्डारी र सञ्चार तथा सुचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले घिमिरेलाई सम्मान पत्र सहित नगद प्रदान गरेर पुरस्कृत गरेका हुन ।
दाङबाट प्रकाशित हुने नयाँ युगबाेध राष्ट्रिय दैनिक, नेपाल टेलिभिजन, देश सञ्चार अनलाइन तथा दाङ समाचार डट कमका सह सम्पादक रहेका घिमिरेले समसामयिक बिषयमा कलम चलाउदै आएका छन ।
घिमिरे सहित देशभरका बिशिस्ट याेगदान गरेका पत्रकारलाई पुरस्कृत गरिएको हाे । प्रेस काउन्सिल नेपालकाे ५३ औं बार्षिकत्सवमा पत्रकारलाई पुरस्कृत तथा सम्मान गरिएको हाे ।

प्रतिक्रिया दिनुहोस्