सरसफाई अभियानमा जुट्न गाउँपालिका अध्यक्ष बुढाथोकीको आग्रह

दाङ समाचार
दाङ समाचार ७ आश्विन २०७९, शुक्रबार
1 Min Read
Aa

दाङ – देउखुरीको राजपुर गाउँपालिका अन्तरगत सरकारी तथा गैरसरकारी संघ-संस्थाले अबदेखि प्रत्येक हप्ताको शुक्रबार आफ्नो कार्यालय परिसर भित्रमा सरसफाई गर्नु पर्ने भएको छ ।

राजपुर गाउँपालिकाको यहीँ असोज महिनाको २ गते आइतबारको दिन गाउँपालिका अध्यक्ष शरद कुमार बुढाथोकीको अध्यक्षतामा बसेको कार्यपालिका बैठकले उक्त निर्णय गरेको हो ।

अबदेखि सम्बन्धित निकायका कर्मचारीले प्रत्येक हप्ताको शुक्रबार आफ्नो कार्यालय परिसर भित्र अनिवार्य रुपमा सरसफाई गरेको फोटो सहित गाउँपालिकाको पठाएर जानकारी गराउनु पर्ने छ ।

त्यस्तै आज शुक्रबारदेखि राजपुरका सरकारी तथा गैरसरकारी संघ- संस्थाका सम्पूर्ण कर्मचारीलाई सरसफाई अभियानमा जुट्न र गाउँपालिकाको निर्णयलाई कार्यान्वयन गर्न गाउँपालिका अध्यक्ष बुढाथोकीले आग्रह गरेका छन।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्