आयाम सहकारीकाे आठौँ वार्षिक साधारणसभा सम्पन्न

दाङ समाचार
दाङ समाचार ८ आश्विन २०७९, शनिबार
3 Min Read
Aa

दाङ – आयाम बहुउद्देश्यीय सहकारी संस्था लि. गढवा देउखुरी दाङकाे आठौँ वार्षिक साधारणसभा आज गढवामा सम्पन्न भएकाे छ ।

संस्थाका अध्यक्ष ओमप्रकाश बसेलकाे सभापतित्व एवम् गढवा गाउँपालिका उपाध्यक्ष शारदा चाैधरीकाे प्रमुख आतिथ्यता तथा बहुउद्देश्यीय सहकारी संघ दाङका अध्यक्ष कृष्ण गाैतमकाे बिशिस्ट आतिथ्यतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष चाैधरीले संस्था सबल र सुदृढ बनाउन, सामाजिक उतरदायि सहित चलेकाे संस्थाको सफलताको शुभकामना व्यक्त गरिन ।

No description available.

गाउँपालिकाबाट हुने हरेक सहकारी सम्बन्धि कार्यक्रममा गाउपालिकाकाे शत प्रतिशत सहयाेग हुने उपाध्यक्ष चौधरीले प्रतिबद्धता समेत व्यक्त गरेकी छन । कार्यक्रममा बिशिस्ट अतिथि बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष गाैतमले संस्था बलियाे अवस्था रहेकाे प्रतिबेदनबाट प्रष्ट हुने धारणा राख्नु भएकाे थियाे, केहि सहकारीहरू परिवारवादमा चलेकाे, सहकारी ऐन विपरीत चलेकाले समस्या ग्रस्त भएकाे उल्लेख गर्दै बिधि र बिधानमा चल्ने सहकारी समस्यामा नरहेकाे र आयाम बहुउद्देश्यीय सहकारी मजबुत अवस्थामा रहेकाेले शेयर सदस्यहरू निर्धक्क रूपमा बचत तथा ऋणकाे काराेवार गर्न आग्रह गरे ।

No description available.

कार्यक्रममा ८ जना उत्कृष्ट बिधाका सदस्यहरूलाई सम्मान गरिएकाे थियाे । उत्कृष्ट कर्मचारीकाे रूपमा संस्थाका लेखा प्रमुख बालिका पाैडेल, उत्कृष्ट बचतकर्ता राजन खनाल, पूर्ण बहादुर क्षत्री, उत्कृष्ट काराेवार कर्ता पुना पुन, ईश्वर नारायण चाैधरी, बाल बचत कर्तामा डेभिट पाैडेल, आयुशा चाैधरी र नियमित बचतकर्ताकाे रूपमा राजपुर ५ का अवधेश यादवलाई सम्मान गरिएकाे थियाे ।

कार्यक्रममा गढवा गाउँपालिका वडा नं ५ का अध्यक्ष लेख बहादुर थापा, गढवा उद्याेग बाणिज्य संघका अध्यक्ष खिम बहादुर बुढा, देउखुरी सामुदायि पुस्तकालय तथा स्राेत केन्द्र का अध्यक्ष ओभा पाठक, चेतनशिल महिला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष शकुन्तला डिसी, सहकारी संजालका दामाेदर ढुङ्गाना, रेडियो साझा आवाजका प्रबन्ध निर्देशक दुखहरण यादव लगायतले मन्तव्य राखेका थिए ।

No description available.

संस्थाका सचिव श्याम बहादुर चाैधरीले वार्षिक प्रगति प्रतिबेदन प्रस्तुत गरेकाे कार्यक्रममा संस्थाका काेषाध्यक्ष कालि पंरसाद चाैधरीले अार्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएकाे थियाे ।

कार्यक्रममा संस्थाका अध्यक्ष ओमप्रकाश बसेलले बाेल्दै सहकारीमा खाता खाेल्दा, बितिय काराेवार गर्दा सदस्यता लिदा संस्थाकाे अवस्था बुझेर मात्र शेयर खरिद तथा सदस्यता लिनु पर्ने कुरामा जाेड दिनु भएकाे थियाे । संस्था परिवार वाद तथा नितिमा चले समस्या ग्रस्त हुदै नहुने बताउदै अध्यक्ष बस्याले सहकारीहरू निति नियमा मा चल्नु पर्नेमा जाेड दिनु भएकाे थियाे ।

No description available.

संस्थाकाे लेखा प्रमुख बालिका पाैडेलकाे स्वागत मन्तव्यबाट शुरू भएकाे कार्यक्रमकाे सहजिकरण सचिव श्याम बहादुर चाैधरीले गर्नु भएकाे थियाे ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्