नगरपालिकालाई आर्थिक समृद्धिसंग जोड्छौ- नगर प्रमुख

प्रिया स्मृती गजमेर
प्रिया स्मृती गजमेर १९ कार्तिक २०७९, शनिबार
2 Min Read
Aa

दाङ – लमही नगरपालिकाका नगर प्रमुख जोगराज चौधरीले नगरपालिकालाई आर्थिक समृद्धिसंग जोड्नु पर्ने कुरालाई जोड दिनु भएको छ । शनिबार लमहीमा आयोजित व्यवसायीक वातावरण सर्वेक्षण तथ्यांक विश्लेषण निदान कार्यक्रमलाई सम्बोधन गर्दै सो कुरा बताउनु भएको हो ।

नगर भित्र भौतिक पुर्वाधार देखि लिएर अन्य विकासलाई प्राथमिकता दिने र प्रत्यक्ष जनतासम्म पुग्ने गरि कार्ययोजना बनाइ कार्यान्वयन गर्ने कुरामा नगर प्रमुख चौधरीको भनाई छ ।

May be an image of 5 people and people standing

त्यस्तै नगर उपप्रमुख लक्ष्मी योगीले व्यवसाय भनेको आर्थिक समृद्धि हो, जो जुन क्षेत्रमा आवद्ध रहे पनि सबैको पहलकदमी व्यवसाय क्षेत्रमै हुनु पर्ने बताउनु भयो । सरकारको तीन खम्बे अर्थ नितिलाई अंगालेर आर्थिक समृद्धिको यात्रा तय गर्नु पर्ने अहिलेको आवस्यकता भएको उपप्रमुख योगीले बताउनु भयो ।

May be an image of 12 people, people standing, people sitting and indoor

लमही नगरपालिकाका नगर प्रमुख जोगराज चौधरीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत रविन्द्र क्षेत्रीले स्वागत गर्नु भएको थियो भने कार्यक्रमको सहजीकरण जिआइजेडका फोकल पर्सन भवानी गिरीले गर्नु भएको थियो । लमही नगरपालिका – का वडाध्यक्ष मनोजकुमार चौधरी, कार्यपालिका सदस्य चन्द्र चौधरी लगायत विभिन्न सामाजिक संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

May be an image of 13 people, people sitting, people standing and indoor

लमही नगरपालिकाको आयोजना र जिआइजेडको प्राविधिक सहयोगमा सम्पन्न भएको एक दिने कार्यशालाको प्रशिक्षकमा जिआइजेडका परामर्शदाता डाक्टर बद्री प्रसाद बस्ताकोटी, जिआइजेडका वरिष्ठ सल्लाहकार दुर्गादत्त रेग्मी र जिआइजेडका आर्थिक विकासका प्राविधिक सल्लाहकार चुडाराज गिरीले दिनु भएको थियो ।

May be an image of 10 people, people sitting and indoor

प्रिया स्मृती गजमेर

प्रतिक्रिया दिनुहोस्