लमहीमा यहि माघ १२ गतेदेखी व्यापारिक महोत्सव शुरु हुँदै

दाङ समाचार
दाङ समाचार ४ माघ २०७९, बुधबार
1 Min Read
Aa

दाङ – लमहीमा छैँठौ कृषि, पर्यटन तथा व्यापारिक महोत्सव शुरु हुन लागेको छ । ‘कृषि पर्यटन उद्योग र व्यापार, देश समृद्धिको बलियो आधार’ भन्ने नारा सहित देउखुरी उद्योग बाणिज्य संघले महोत्सवको तयारी थालेको छ ।

यही माघ १२ गतेदेखी २५ गतेसम्म महोत्सव चल्नेछ । अजम्बरी सामुदायिक वनको पिकनिक स्थल (जैबिक बिबिधता पार्क पछाडी ) महोत्सव शुरु लागिएको छ ।

आयोजकले बुधवार लमहीमा पत्रकार सम्मेलन गरि महोत्सव लाग्ने सम्बन्धि जानकारी गराएको हो । पछिल्लो समय खस्किदो ब्यापारलाई उकास्न र पर्यटकिय क्षेत्रलाई परिचित गराउन महोत्सवको आयोजना थालिएको देउखुरी उद्योग बाणिज्य संघका अध्यक्ष खगेश्वर खनालले बताउनु भयो ।

महोत्सवमा विभिन्न जातजाती भाषाभाषीको सँस्कृती झल्किने साँस्कितिक कार्यक्रमहरु हुनेछन । स्थानिय तथा राष्ट्रिय कलाकारहरुको उपस्थित हुने महोत्सवमा कृषिका स्टल, व्यापारिक स्टल लगायतका रहनेछन । स्टल बुकिङ्ग खुल्ला गरि सकिएको छ ।

आयोजकले अपाँगता र बृद्धअबस्थाका ब्यक्तीहरुलाई फ्रि टिकटको ब्यबस्था गरिने जनाएको छ । बिद्यार्थीको हकमा ४५ प्रतिसत छुट रहनेछ भने अन्यका लागि १ सय रूपैया टिकट दर कायम गरिएको छ ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्