दाङ – देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजित लमही मेयर कम क्रिकेट प्रतियोगितामा गुरुकुल ९ विकेटले विजयी भएको छ । ९० रन को लक्ष्य लिएर मैदान प्रवेश गरेको गुरुकुलले १०.१ ओभर खेल्दै लक्ष्य पूरा गर्यो ।
गुरुकुलका लागि दीपक बोहोराले २९ बलमा ७ चौका प्रहार गर्दै ३७ रन नट आउट रहे भने कप्तान सुशान्त सिंह थापाले २२ बलमा ३ चौका, २ छ्क्का प्रहार गर्दै ३२ रन बनाए । त्यस्तै विराट सिंह भण्डारीले १६ रन बनाए । बलिङमा चौघेराका अमृत घर्तिले १ विकेट लिएका थिए ।
लमही नगरपालिकाको आर्थिक सहयोग तथा ब्रैन स्टोर्मिङ इभेन्ट्सको आयोजनामा जारि चौथो लमही मेयर कप जिल्ला स्तरिय पुरुष टि -२० क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएको पहिलो खेल चौघेरा क्रिकेट क्लब र गुरुकुल क्रिकेट क्लव बिच भएको हो । टस हारेर चौघेराले १८.४ ओभरमा आफ्नो सम्पुर्ण विकेट गुमाएर ८९ रन मात्र बनाउन सक्यो ।
चौघेराका लागि क्षितीज थापाले २० रन, अनुज सिंह ठकुरीले १९ रन, विजय भुसालले १७ रन बनाए । अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । चौघेरा क्रिकेट क्लवले अतिरिक्त १३ रन प्राप्त गरेको थियो ।
बलिङमा गुरुकुलका दीपक बोहोराले ४ ओभरमा २० रन खर्चेर ४ विकेट, मोहन खत्रीले ३.४ ओभरमा १६ रन खर्चेर ३ विकेट लिएका थिए ।
बलिङ तर्फ ४ ओभरमा २० रन खर्चेर ४ विकेट लिने तथा ब्याटिङमा ७ चौका प्रहार गर्दै ३७ रन (नटआउट) बनाउने गुरुकुलका दीपक बोहोरा म्यान अफ द म्याच घोषित भए । उनलाई यस प्रतियोगिताको ईन्टरनेट पार्टनर वर्ल्ड लिन्क कम्युनिकेशन लिमिटेड लमही शाखाका ब्रान्च इन्चार्ज राजन गिरीले म्यान अफ द म्याचको टोकन प्रदान गरे । आज दिउसो २:३० बजेबाट अर्को खेल डाँफे युवा क्लव घोराही -१६ र मध्यनगर युवा क्लव लमही -६ विच हुने छ ।

प्रतिक्रिया दिनुहोस्