दाङ – नेपाली कांग्रेस दाङ -१ ले बढ्दो क्रममा रहेको डेंगु संक्रमणलाई न्यूनीकरण गर्ने तर्फ चासो राखेको छ । नेपाली कांग्रेस दाङ -१ का क्षेत्रीय सभापति भेषराज पाण्डेले हेर्दा सामान्य लाग्ने तर ज्यानै लिने खालका प्राकृतिक प्रकोपबाट बेला-बेला नेपालीले दु:ख पाउने गरेकोले यस्ता प्राकृतिक प्रकोपलाई रोक्नका लागि सबैले हातेमालो गर्नु पर्ने बताउनु भयो ।
मानव स्वास्थ्यलाई जोखिम पार्ने खालको रोग भएका कारण सबैको चासोको विषय हुनु पर्ने भन्दै डेंगु संक्रमण रोकथाम र नियन्त्रण गर्ने कुरामा आफु र आफ्नो पार्टी दृढ रहेको सभापति पाण्डेको भनाई छ । पालिकाहरुसंग समन्वय गरेर यो प्राकृतिक प्रकोपलाई रोक्न सबैको सहयोग आवश्यक रहेको पाण्डेले बताउनु भयो ।
दाङ समाचार संग कुराकानी गर्दै सभापति पाण्डेले देउखुरीका सबै पालिका प्रमुख तथा सरोकारवालाहरुलाई छिटो भन्दा छिटो डेंगु रोग नियन्त्रणका लागि पहल थाल्न आग्रह गर्दछु साथै उक्त अभियानमा राजनीतिक दलको आवश्यकता पर्दछ भने यो अभियानमा नेपाली कांग्रेस जोडिन तम्तयार रहेको पनि यसै मिडिया मार्फत जानकारी गराउन चाहान्छु’- पाडेले भन्नु भयो ।
देशैभर डेंगु संक्रमण बढ्दो क्रममा छ। अहिलेसम्म ८ जनाको ज्यान गैसकेको छ भने देशका ७४ वटा जिल्लामा यो रोग फैली सकेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रोग नियन्त्रणका लागि विभिन्न कार्यक्रम गर्दै आएको जनाएको छ तर कार्यक्रमले खास्सै सार्थकता पाएको देखिंदैन । देशका सबै पालिकाहरुले पनि सक्दो पहल, प्रयासहरु गर्दै आएका छन।

प्रतिक्रिया दिनुहोस्