नेपाल मुस्लिम संघ दाङको अध्यक्षमा ‘अनवरी रङरेज’

प्रिया स्मृती गजमेर
प्रिया स्मृती गजमेर ९ भाद्र २०८०, शनिबार
2 Min Read
Aa

दाङ – नेपाली कांग्रेसको भातृ संगठन नेपाल मुस्लिम संघ दाङको तेस्रो जिल्ला अधिबेशन शनिबार आज लमहीमा सम्पन्न भएको छ । आज सम्पन्न भएको तेस्रो जिल्ला अधिवेशनले नेपाल मुस्लिम संघ दाङको अध्यक्षमा महिलालाई जिम्मा दिएको छ ।

अनवरी रङरेजले जिल्ला अध्यक्षको जिम्मेवारी पाएकी छन भने वरिष्ठ उपाध्यक्षमा गूठे कुरेसी, उपाध्यक्षमा बद्रुद्दिन राई सचिवमा इस्माइल अन्सारी, सहसचिवमा मिस्तिम अन्सारी, कोषाध्यक्षमा सद्दाम हुसेन चयन भएका छन। त्यस्तै सदस्यमा समीर इदृस, ताहिरा खातुन, अब्दुल सलाम, मोहम्मद इसा, मोहम्मद इब्राहिम रहेका छन ।

त्यस्तै केन्द्रीय प्रतिनिधिमा हकिकुल्ला रङरेज, संसाद अलि, जुम्मन मियाँ, तसवर अन्सारी र अब्जल मियाँ रहेको अलिले जानकारी दिए ।

यो पटक सर्वसम्मत रुपमा नेपाल मुस्लिम संघ दाङको अध्यक्षमा महिलालाई मौका दिएका छौं, त्यसैगरी ११ जना कार्यसमिति र ५ जना केन्द्रीय प्रतिनिधि समेत चयन गरेका छौं’- नेपाल मुस्लिम संघ केन्द्रीय सदस्य नवाफ अलिले भने ।

नेपाली कांग्रेस दाङ जिल्ला कार्यसमिति सदस्य तथा नेपाली कांग्रेसको भातृ संगठन नेपाल मुस्लिम संघ दाङको तेस्रो जिल्ला अधिबेशनका प्रमुख अतिथि लीलाराम खनालले मुस्लिम समुदायको हक हितको लागि नेपाली कांग्रेस सधैं साथमा रहेको बताए । खनालले भने ‘- हामी सबै नेपाली हौँ, मिलेर बस्नुको विकल्प छैन, विपक्षिहरुले हाम्रा विचमा कुनै बेला पनि फुट ल्याउन सक्छन त्यस्ता कुराहरुमा सजग हुनु पर्छ ।

त्यस्तै नेपाल मुस्लिम संघ केन्द्रीय सदस्य नवाफ अलिले मुस्लिम समुदायप्रति सम्मान जनक व्यवहार नभएको भन्दै अब मुस्लिम संघले राज्यसंग अधिकारको लडाई लड्ने बताए । पार्टी भित्र मुस्लिम संघलाई पनि अन्य भातृ संगठन जस्तै अधिकार प्रदान गरियोस, यो कुरा नेतृत्वले बुझ्नु पर्छ उनले भने ।

नेपाल मुस्लिम संघका जिल्ला सभापति जुम्मन मियाँको अध्यक्षता, नेपाली कांग्रेस दाङ जिल्ला सदस्य एवं जिल्ला प्रतिनिधि लिलाराम खनालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । अब्जल मियाँले स्वागत गरेको कार्यक्रमको सहजीकरण संसाद अलिले गरेका थिए ।

कार्यक्रममा नेपाल मुस्लिम संघ केन्द्रीय सदस्य एवं प्रतिनिधि नवाफ अलि, नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर १ का सहसचिव प्रकाश कुमार जिसी, गढवा गाउँपालिका सभापति किरण पौडेल लगाएतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्