देउखुरी उवा संघको अध्यक्षमा ठकुरी निर्वाचित

प्रिया स्मृती गजमेर
प्रिया स्मृती गजमेर २२ भाद्र २०८०, शुक्रबार
2 Min Read
Aa

दाङ– देउखुरी उद्योग वाणिज्य संघ लमहीको नयाँ नेतृत्वका लागि अध्यक्षमा कमलजंग सिंह ठकुरी निर्वाचित भएको निर्वाचन संयोजक लिलाराम खनालले जानकारी दिए । विभिन्न पदमा उम्मेदवारी दिएका उम्मेदवारहरुले उम्मेदवारी फिर्ता लिएपछी सबै निर्विरोध निर्वाचित भएको खनालले बताए ।

त्यसैगरी वाणिज्य उपाध्यक्षमा केशब घिमिरे, उद्योग उपाध्यक्षमा केशवराज पोख्रेल, महासचिवमा इश्वर प्रकाश श्रेष्ठ, सचिवमा गणेश घिमिरे, कोषाध्यक्षमा हरिबहादुर थापा निर्वाचित भएका छन ।

त्यस्तै खुल्ला सदस्यमा अकबर अलि, भिष्मराज गैरे, शिवचन्द्र घिमिरे, उमाकान्त बोहरा र गोविन्द प्रसाद पुलामी निर्वाचित भएका छन । त्यस्तै महिला सदस्यमा शारदा सुवेदी र खुसविरन निसा निर्वाचित भएको निर्वाचन संयोजक खनालले बताए ।

स्वतन्त्र व्यवसायीहरुको प्यानल बनाएर मोहन वैद्य माओवादी पार्टीका कृष्ण प्रसाद घिमिरेले अध्यक्ष पदमा उम्मेदवारी दिएका थिए । घिमिरेले आज शुक्रबार उम्मेदवारी फिर्ता लिएपछी निर्वाचन कमिटीले ठकुरी निर्वाचित भएको जानकारी दिएको छ ।

त्यसै गरि वाणिज्य उपाध्यक्ष पदका लागि नेकपा एमालेका केशव घिमिरे र राष्ट्रिय स्वतन्त्र पार्टीका डिल्लीराज खनालको उम्मेदवारी परेको थियो । रास्वपाले १ जना सदस्य लिएर उपाध्यक्ष पदबाट उम्मेदवारी फिर्ता लिए पछि घिमिरे निर्वाचित भएका हुन ।

महासचिव पदका लागि नेपाली काङ्ग्रेसबाट दुई जनाको उम्मेदवारी परेको थियो । भर्खरै कार्यकाल सकाएका संघका अध्यक्ष खगेश्वर खनालको कार्यसमिति सचिव वसन्त कुमार भण्डारी र सदस्य इश्वर प्रकाश श्रेष्ठको दावी रहेको थियो ।

काङ्ग्रेसले निवर्तमान सचिव भण्डारीलाई फिर्ता बोलाएर श्रेष्ठलाई संघको महासचिव बनाएको छ ।

देउखुरी उद्योग वाणिज्य संघको दुई वर्षे कार्यकालका निर्वाचन हुने गर्दछ । काङ्ग्रेसबाट ८ जना, नेकपा एमालेबाट २ जना, नेकपा माओवादी केन्द्रबाट २ जना, राष्ट्रिय स्वतन्त्र पार्टीबाट १ जना, राष्ट्रिय जनमोर्चाबाट १ जना र एकीकृत समाजवादीबाट १ जना गरि पन्ध्र जना निर्वाचित भएका छन ।

प्रिया स्मृती गजमेर

प्रतिक्रिया दिनुहोस्