दाङ – नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति भेषराज पाण्डेले बाल दिवसको सन्दर्भमा बालबालिकाको क्षेत्रमा गरिने लगानीले राष्ट्रको भविष्य निर्धारण गर्ने बताउनु भएको छ ।
आज मनाउन लागिएको राष्ट्रिय बाल दिवसमा सम्वद्र्धन बालअधिकारको, कार्यान्वयन संविधानको भन्ने मुल नाराका साथ मनाउन लागिएको छ। बाल दिवसका अवसरमा सभापति पाण्डेले सो कुरा बताउनुभएको हो ।
उहाँले भन्नु भयो, ‘देशको राजनीतिक फेरबदलसँगै बालबालिकाको क्षेत्रमा पनि केहि न केहि परिवर्तन हुनु पर्छ भन्ने म लगायत मेरो पार्टीको बुझाई हो”- सभापति पाण्डेले भन्नु भयो । संरक्षण र सुरक्षाको क्षेत्रमा पनि सरकारले चासो राख्नु पर्छ ।
स्वास्थ्य तथा शिक्षामा पहुँच बृद्धि र गुणस्तर कायम गर्नुपर्ने आवश्यकता एकातिर छ भने अर्कोतर्फ बालबालिका विरुद्धका हिंसा, दुव्र्यवहार शोषण लगायत बालबिवाहजस्ता कूप्रचलनका घटनाहरु पूर्ण रुपमा न्यूनीकरण गर्दै बास्तविक बाल अधिकार प्रवद्र्धन गर्नुपर्ने थप दायित्व अहिलेको सरकारको काँधमा छ, कार्यलाई अगाडी बढाउन पर्छ ।
बालबालिका माथि हुने अनेकथरीका अत्याचारलाई न्यूनीकरण गर्न सबैको चासो हुनु पर्ने तथा यस्ता जटिल र महत्वपुर्ण सवालहरुमा सरकार गम्भीर हुनु आजको आवश्यकता देखिन्छ”- सभापति पाण्डेले भन्नु भयो ।
प्रतिक्रिया दिनुहोस्