गोरखा स्कुलको आयोजनामा दशैं मिलन र भलिबल प्रतियोगीता

दाङ समाचार
दाङ समाचार २७ आश्विन २०८०, शनिबार
2 Min Read
Aa

दाङ – गोरखा मोडेल सेकेण्डरी स्कुल लमहीले दशैं मिलन तथा भलिबल प्रतियोगीताको आयोजना गरेको छ ।

देउखुरी क्षेत्रमा रहेका संघ संस्था, जनप्रतिनिधि, कर्मचारी, पत्रकार, उद्योगी व्यवसायीहरुको विचमा भलिबल प्रतियोगीताको आयोजना गरिएको हो ।

शनिबार भएको खेलबाट देउखुरी उद्योग बाणिज्य संघ, लमही नगरपालिका, गोरखा स्कुलको ‘वि’ समुह, राप्ती गाँउपालिका व्याब्सनले बिजयी यात्रा तय गरेका छन् ।

देउखुरी उद्योग वाणिज्य संघ र नेपाल पत्रकार महासंघ विच भएको पहिलो खेलमा सोझो सेटमा पत्रकार महासंघलाई हराउदै देउखुरी उद्योग वाणिज्य संघ विजयी भएको छ ।

यस्तै लमही नगरपालिका र देउखुरी बहुमुखी क्याम्पस विच भएको दोस्रो खेलमा लमही नगरपालिकाले सोझो सेटमा विजयी भएको छ । यस्तै राप्ती गाउँपालिका र राप्ती प्याब्सान विच भएको खेलमा राप्ती प्याब्सनले जीत हासिल गरेको छ ।

गोरखा स्कुल “वि” समुह र रोटरी क्लव अफ लमही विच भएको खेलमा गोरखा स्कुल “वि” समुहले जीत हासिल गरेको छ । आइतबार गोरखा स्कुलको ए समुह र उद्योग बाणिज्य संघ विच हुने छ ।

साथै लमही नगरपालिका र राप्ती गाउँपालिका प्याब्सन विच खेल हुने गोरखा मोडेल सेकेन्डरी स्कुलका प्राचार्य लोकमान रिजालले जानकारी दिनुभयो ।

उद्घाटन कार्यक्रम स्कुलका प्राचार्य लोकमान रिजालको अध्यक्षतामा भएको कार्यक्रममा गोरखा ग्रुपका मानव संसाधन विभाग प्रमुख उत्तमराज घिमिरे, गोरखा इन्टरनेशनल स्कुल घोराहीका प्राचार्य मानसिंह घर्ती, लमही नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष ओमप्रसाद सुवेदी लगायतको सहभागीता थियो । कार्यक्रमको सहजीकरण शिक्षक प्रकाश वलीले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्