भालुवाङ बस दुर्घटना अपडेट:- ८ जनाको सनाखत

प्रिया स्मृती गजमेर
प्रिया स्मृती गजमेर २८ पुष २०८०, शनिबार
2 Min Read
Aa

दाङ – नेपालगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको यात्रुवाहक बस गएराती दाङको भालुवाङस्थित राप्ती नदीमा खस्दा १२ यात्रुको मृत्यु भएको छ ।

भे१ख ३९१२ नम्बरको माउन्टेन एयर न्यू बस शुक्रबार राति साढे १० बजेतिर राप्ती नदीमा खस्दा मृत्यु हुनेको संख्या १२ पुगेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । दुर्घटनामा परि ज्यान गुमाएर मृत्यु भएकाहरुको १२ वटा शव लमही अस्पतालमा ल्याईएको छ ।

सनाखत:- मृत्यु हुनेमा काठमाण्डौ चन्द्रगिरी नगरपालिका -१५ का वर्ष ६५ का ताराकान्त पाण्डे, भारत उत्तर प्रदेश अतिकुल्ला खैरे बस्ने वर्ष ३१ का मुने, जुम्ला श्रीथुस्का -९ बस्ने वर्ष ४० का मुन बहादुर रावत, बाँके निवासी वर्ष ३० का रामवर्ण हरिजन, रुकुम गोतामकोट -९ बस्ने वर्ष दीपक कामी, भारत विहार अरेराज पुर्वी चम्पारण बस्ने वर्ष ६७ योगेन्द्र राम (जोगेन्द्र राम टिकटमा भएको नाम), बाँके नेपालगन्ज उपमहानगरपालिका बस्ने वर्ष ६० कि कुसुम बस्नेत र मकवानपुर हेटौंडा बस्ने वर्ष ३९ का सौरभ विष्ट रहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । अन्य चार जनाको सनाखत हुन बाँकी छ ।

दुर्घटना भएको बस नमस्ते यातायातको रहेको प्रहरीले जनाएको छ । सल्यान निवासी वर्ष २८ का बस चालक लालबहादुर नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय भालुवाङले जनाएको छ । अन्य घाइतेहरुको नेपालगन्ज र बुटवलका विभिन्न अस्पतालमा उपचार भैरहेको छ ।

प्रिया स्मृती गजमेर

प्रतिक्रिया दिनुहोस्