नेपाल ओैषधि व्यवसायी संघ दाङको अध्यक्षमा पुनः पौडेल

प्रिया स्मृती गजमेर
प्रिया स्मृती गजमेर २८ माघ २०८०, आईतवार
1 Min Read
Aa

दाङ – नेपाल ओैषधि व्यवसायी संघ दाङको अध्यक्षमा पुनः बिष्णु प्रसाद पौडेल निर्वाचित हुनु भएको छ । हिज शनिबार दाङको घोराहीमा भएको दोस्रो जिल्ला अधिवेशनले पौडेललाई अध्यक्ष पदमा सर्व सहमतिमा निर्वाचित गरेको हो ।

त्यसैगरी वरिष्ठ उपाध्यक्षमा मधुसुदन पाण्डे निर्वाचित हुनु भएको छ भने उपाध्यक्ष पदमा दुई जना चयन हुनु भएको छ । अजय केसी र श्याम कुमार गिरीलाई उपाध्यक्षमा चयन गरिएको छ । त्यस्तै महासचिवमा सुनिल कुमार रेग्मी, सचिवमा गिरीराज न्यौपाने, कोषाध्यक्षमा राजीमान बुढा, उपकोषाध्यक्षमा कृष्ण श्रेष्ठ चयन हुनु भएको छ ।

त्यसैगरी दिपकराज वली, भागिराम खड्का, कृष्ण खड्का, बसन्त योगी र महेन्द्र रावत सदस्य पदमा निर्वाचित हुनु भएको छ । नेपाल ओैषधि व्यवसायी संघ दाङले जिल्लाका बिभिन्न ग्रामिण भेगमा विशेषज्ञ सहितको निशुल्क स्वास्थ्य शिविर गर्दै आएको छ ।

प्रिया स्मृती गजमेर

प्रतिक्रिया दिनुहोस्